दाङ । कांग्रेस नेता, गृहमन्त्री बालकृष्ण खाड र एमाले उपाध्यक्ष बिष्णु पौडेलले दाङबाट राजधानी सार्ने बताएपछि दाङ २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार एमालेका नेता बलिभद्र राना मगरले दाङ राजधानी कार्यान्वयन गर्ने शसक्त उम्मेद्वार एमाले महासचिब शंकर पोखरेल नै रहेको बताए ।
रानाले शंकरले नै दाङमा राजधानी ल्याएको भन्दै यसपालि जिताएर दाङमा राजधानी कार्यान्वयन गर्ने जिम्मेवारी दिनु पर्ने बताए । सत्तारुढ गठबन्धनले नै राजधानि कार्यान्वयनमा ढिला गरेको भन्दै कांग्रेस र माओबादीका बुटवलका नेताहरुको दबाबमा राजधानी नसारीएको उनले आरोप लगाए ।
SPONSORED
रानाले कांग्रेस नेता राजु खनालले बालकृष्ण खाडको आडमा टिकट ल्याएकाले राजधानी कार्यान्वयन गर्न सक्ने दम नभएको भन्दै शंकर पोखरेल र आफुले मात्रै राजधानी कार्यान्वयन गरेर देखाउने बताए ।
SPONSORED
SPONSORED