दाङ । दाङ क्षेत्र नम्बर २ क का लागि एमालेका तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेद्वारी दिएका घोराही १८ निबासी बलिभद्र राना मगरले चुनाब जितेर गएमा आफुले पहिलो काम नै अलपत्र फोरलेनको ठेक्का तोड्ने बताएका छन ।
गठबन्धन सरकारले अलपत्र फोरलेन सडकको काम गर्न तर्फ भन्दा राजनितीक प्रचारबाजिको फण्डा मात्रै बनाएको उनले आरोप लगाए । राना दाङ निर्माण ब्यबसायी संघको पनि लामो कार्यकाल अध्यक्ष बनेर काम गरे ।
SPONSORED
सत्तारुढ गठबन्धन सरकार बनेको झण्डेै २ बर्ष बिति सक्दा पनि फोरलेन सडकको कुनै प्रगती हुन नसकेको तर्क गर्दै बिकास निर्माणमा कसैले राजनिती गर्न आबश्यक नरहेको रानाले बताए ।
SPONSORED
निर्माण ब्यबसायमा दशकौ बर्ष बिताएका अनुभबि नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रानाले ठेक्का तोडेर नयाँ ठेक्का लगाइने र एक बर्ष भित्र फोरलेनको प्रगती बिबरण देखिने गरि काम हुने प्रतिबद्धता जनाए ।
SPONSORED
यसैबीच सत्तारुढ गठबन्धनले अलपत्र फोरलेन सडक २ बर्ष भित्र पुरा गर्ने प्रतिबद्धता जनाएका छन ।
गठबन्धनको तर्फबाट दाङ क्षेत्र नम्बर २ बाट संघको उम्मेद्वार बनेकि माओबादी नेतृ रेखा शर्मा र दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालले फोरलेन सडक २ बर्ष भित्र सक्ने राजनितिकरुपमा एजेण्डारुपमा अघि सारेका छन ।