राजु खनाल र रेखा शर्माको चुनाबी एजेण्डा : अलपत्र फोरलेन २ बर्षमा पुरा गर्छौ !

दाङ क्षेत्र नम्बर २ मा संघतर्फ माओबादीबाट उम्मेद्वार बनेकि रेखा शर्मासहित दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालले सत्तारुढ गठबन्धनले चुनाब जिते अलपत्र फोरलेन सडक समयमै बनाउने राजनितिक एजेण्डाकारुपमा अघि सारेका छन ।

गठबन्धनलाई भोट किन अपिल जारी गर्दै उनिहरुले अलपत्र घोराही-तुलसीपुर चार लेन सडक बिस्तार दुई बर्ष भित्र पुरा गर्ने प्रतीबद्धता जनाएका छन । यसअघि घोराही-तुलसीपुरको बहुचर्चित कटुवाखोला पुल दशकौसम्म बन्न नसक्दा जनताले निकै सास्ती बै बेहोरे । त्यतिमात्रै नभई, पत्रे खोलाको पुल पनि बन्न लामो समयसम्म बनेन । चौतर्फि दबाबपछि काम चलाउ पुल बनेपनि पुर्णरुपमा निर्माण कम्पनिले सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्न सकेको छैन । औपचारिकरुपमा हस्तान्तरण नगर्दा सम्म पुलको सबै काम गर्ने जिम्मेवारी निर्माण कम्पनिको रहन्छ । अघिल्लो चुनाबमा कटुवाखोला पुल समयमै नबन्दा जनताको चुनाबी एजेण्डा नै बनेको हो ।

SPONSORED

शंकरमालि निर्माण सेवाले कटुवाखोला र पत्रे खोला पुल निर्माण गर्ने ठेक्का लिएको थियो । ठेक्का लामो समय अलपत्र बनेको थियो । शंकर मालिबाट पुलको ठेक्काको काम स्थानिय निर्माण ब्यबसायी, कांग्रेस नेताले पदम शर्माले गर्दै आएका थिए । पछिल्लो गठबन्धन सरकार बनेको बर्ष दिन पुगि सक्दा समेत फोरलेन सडकको निर्माण कार्यमा सिन्को समेत भाचीएको छैन ।

SPONSORED

SPONSORED

 

hospital dang ghorahi