
दाङ । कांग्रेस दाङका पुर्ब सचिब तथा दाङ २ क का यसअघि प्रदेश सभा सदस्यका उम्मेद्वार कमलकिशोर घिमिरेले आफ्नो प्रश्न गुनासा पार्टी भित्र थोर धेरै रहेको बताए।
उनले सामाजिक सन्जालमा लेख्दै समयक्रममा त्यसको हिसाब किताब गर्ने नेतृत्वसंग चेतावानि दिए । उनले यसअघि शंकर पोखरेलसंग प्रदेश सभा सदस्यमा चुनाब हारेका थिए ।
SPONSORED

अहिले फेरि दाङ २ क को प्रदेश सभा सदस्यमा उम्मेद्वारमा सिफारिस गरेको थियो । अन्तिममा संघमा सिफारिस भएका राजु खनालले कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री खगराज पाण्डे, कांग्रेस केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, कमल किशोर घिमिरे, गोपालराज शर्मालाई साईड लगाएर टिकट ल्याए । कांग्रेस नेता पाण्डेले सार्बजनिकरुपमा आफुलाई टिकट दिनबाट रोकेर वङ्गलाचुली जनताको सपना तुहाएको बताईसकेका छन ।
SPONSORED

SPONSORED
