
दाङ । २०६२/०६३ को जन आन्दोलनका जिउदा शहिद कांग्रेस नेता कृष्ण गिरिले कांग्रेस, माओबादी, एकिकृत समाजबादीसहितका पाँच दलिय गठबन्धन कुनै पनि हालतमा सफल बनाउनु पर्ने बताएका छन ।
उनले सामाजिक सन्जालमा भिडियो शन्देश राख्दै पार्टीका शिर्ष नेताहरुले गठबन्धन गरि सकेकाले गठबन्धन सफल बनाउनु दायित्व रहेको भन्दै गठबन्धन सफल हुन नसके यसपाली पनि चुक्ने बताए । स्थानीय तह जस्तो अहिले प्रदेश र संघको चुनाब नहुने भन्दै उनले स्थानीय तहमा अर्को पार्टीलाई जिताएजस्तो गरि संघ र प्रदेशमा त्यसरि लाग्न नहुने बताए ।
SPONSORED

गठबन्धन गरि सकेपछि इमान्दारिता देखाउनु पर्ने बताएका जनआन्दोलनका घाइते गिरि अहिले पनि कांग्रेसहरु टुटेर फुटेर एमालेलाई जिताउने काम कसैले गर्न नहुने बताए । कांग्रेसका नेता, कार्यकर्ता गठबन्धनबाट दायाँ बायाँ गर्ने कुरो नरहेको भन्दै गठबन्धन कसिलो बनाउदै लैजानु पर्ने उनको भनाई छ । यसपाली गठबन्धन सफल नभए कांग्रेसको लागि ठुलो भुल हुने पनि उनले चेतावानि दिए ।
SPONSORED

SPONSORED
