
घोराही । दाङ क्षेत्र नम्वर २ क को प्रदेश सभा सदस्यमा नेकपा एमालेवाट उम्मेद्वार बनेका वलिभद्र राना मगरले जनताले एउटै ब्यक्तिलाई पटक–पटक अवसर नदिने बताएका छन् ।
उनले सोमवार घोराहीका विभिन्न वडाहरुमा आयोजित चुनावि भेटघाट कार्यक्रममा वोल्दै आफ्ना प्रतिष्पर्धि राजु खनालले पटक–पटक अवसर पाएर पनि दङ्गालि जनतालाई केही गर्न नसकेको आरोप लगाए । ‘राजुजिलाई जनताले धेरै पटक अवसर दिए, तर, दाङको लागि केही काम गर्नु भएन, सधै एउटै ब्यक्तिलाई अवसर दिइ रहने कुरा पनि हुँदैन–‘उम्मेद्वार राना मगरले भने–‘यसपटक मलाई जनताले विश्वास गर्नुहुन्छ, म कम वोल्छु, धेरै काम गरेर देखाउछु, अरु जस्तो गफ लगाउने पनि गर्दैन, जनताले मलाई एक पटक अवसर दिन्छन्, चुनाव पनि जित्छु ।’ जनताले गठवन्धन मन नपराएको भन्दै गठवन्धन जनताको नभई कार्यकर्ताको मात्रै भएको उनले टिप्पणी गरे । विगतमा आफु जनउत्थान समाज विकास केन्द्रको अध्यक्ष हुँदा प्रदेश क का जनताको शिक्षा, स्वास्थ्यमा भुमिका निर्वाह गरेको भन्दै एमाले नेता मगरले चुनाव जिते आफ्नो तलव भक्ता सबै सामाजिक काममा लगाउने बताए । उनले आफुमा कुनै लोभ नरहेको भन्दै जनताको काम गर्न राजनितिमा होमिएकाले विगतमा पनि विभिन्न माध्यमवाट सामाजिक सेवा गरेको चर्चा गरे ।
SPONSORED

समाजमा आफुले राम्रै काम गर्न खोजेको र विगतमा घोराहीको मेयर हुँदा पनि मगर संघ। नेवार सेवा समिति, कल्पुधर्म शाला, थारु कल्याणकारीणी सभाको भवन बनाउन जग्गा उपलब्ध गराएको पनि उनको भनाई छ । आफ्ना प्रतिष्पर्धी काग्रेसका नेता खनालले विगतमा जिल्लाको विकास निर्माणमा कुनै काम नगरेको र जनताले यसपालि अवसर दिनेमा आफु ढुक्क रहेको मगरको भनाई छ ।
SPONSORED

SPONSORED
