
घोराही । दाङ २ क मा नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका युबा नेता बलिभद्र राना मगरले कांग्रेसका नेतामा राजधानी सार्न सक्ने दम नरहेको भन्दै आफुले चुनाब जितेको ३ महिना भित्र दाङको स्थायी राजधानि भालुबाङमा सारि सक्ने बताएका छन ।
आज बङ्गलाचुलिमा कांग्रेसका स्थानिय नेता, कार्यकर्तालाई एमालेमा पार्टी प्रबेश गराउदै उम्मेद्वार राना मगरले कांग्रेसबाट उम्मेद्वार बनेका राजु खनालले कांग्रेसका नेता बालकृष्ण खाडको बलमा टिकट ल्याएकाले खाडको छेउमा राजधानि सार्न सक्ने सामर्थ्य नराख्ने बताए ।
SPONSORED

राजु खाडको आदेशमा चल्ने भएकाले राजधानी सार्न नसक्ने भएकाले आफुले चुनाब जितेर गएमा कुनै पनि हालतमा राजधानी सारेर देखाउने बताए । कांग्रेसले बुटवल लगेको राजधानी तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले आफैले ल्याएको भन्दै राजधानी कार्यान्वयन गर्ने तागत शंकर र आफुमा रहेको पनि उल्लेख गरे । पोखरेल रास्ट्रिय राजनितिको शिर्ष नेता, ब्यक्तित्वका कारण चुनाब जित्ने र आउने दिनमा एमाले महासचीब भएका कारण पनि सरकारको नेतृत्व गर्न सक्ने क्षमता भएकाले चुनाब जित्ने उनले दाबी गरे ।
SPONSORED

सत्तारुढ गठबन्धनले राजधानी बर्षदिन पुग्दा सम्म पनि ल्याउन नसकेको बताउदै उम्मेद्वार मगरले अब गठबन्धनको कसैले बिश्वास नगर्ने बताए । बिगतमा तत्कालीन मुख्यमन्त्री शंकरले सारेका मन्त्रालय भालुबाङमा सारेपनि एमालेको सरकार ढलेपछि गठबन्धनले सारेका मन्त्रालयको काम बुटवलबाट गरेकाले गठबन्धनले राजधानी सार्न नसक्ने जनतामा शन्देश गइसकेको तर्क गरे ।
SPONSORED

बिगतमा पनि घोराहीको कटुवाखोला पुल पनि खनालकै राजनितिक संरक्षण र पार्टनर भएकै कारण समयमै निर्माण सम्पन्न नभएको र काम गतिलो नभएकाले पुल अहिले पनि हल्लिने गरेको मगरको आरोप छ । साथै उनले फोरलेन सडक पनि आफुले चुनाब जितेर गएमा काम नगर्ने निर्माण ब्यबसायीलाई कालो सुचिमा राखेर ठेक्का तोड्ने र नयाँ निर्माण कम्पनिलाई जिम्मा दिएर एक बर्षमा काम सक्ने गरि योजना बनाईने बताए ।