
दाङ । नेकपा माओबादी केन्द्र बङ्गलाचुलिका वाईसियल इन्चार्ज सुशील परियार हालै मात्रै एमालेमा प्रबेश गरे ।
परियारले बङ्गलाचुली गाउँपालीकाबाट एमालेले जितेर आउने दाबी गरे । परियारले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेद्वार बनेका एमाले महासचिब शंकर पोखरेल र दाङ २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका एमाले उम्मेद्वार बलिभद्र रानाले बङ्गलाचुलिबाट २ हजार बढि मतले जितेर आउने दाबी गरे ।
SPONSORED

पछिल्लो समयमा एमालेमा प्रबेश गर्ने लहर नै चलेको भन्दै बङ्गलाचुलिमा एमालेको बिगतको भन्दा धेरै राम्रो भएको तर्क गरे । स्थानीय तहको चुनाबकै बेला राना बङ्गलाचुलिमा सक्रिय भएकाले एमालेको पक्षमा सोचेभन्दा धेरै मत झर्ने उनले बिश्वास दिलाए ।
SPONSORED

SPONSORED
