संघमा सिफारिस भएका खनाल प्रदेशमा झरेर उम्मेद्वार वनेपछि दबाबमा

दाङ । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको सदस्य उम्मेद्वार हुन कांग्रेस लुम्बिनी प्रदेश उप सभापती राजु खनाल लागी नै परे । यसअघि संविधान सभा सदस्य भइसकेका खनाल गएको चुनाबमा माओबादि नेता कृष्णबहादुर महरासंग पनि हारे । अन्तिमसम्म संघमा उम्मेद्वार बन्ने गरि तयारी गरेका माओबादिले दाबी नछोडेपछि उनको संघको दाबी कमजोर भयो । माओबादीबाट महराले यस क्षेत्रबाट चुनाब लड्ने कुरो आयो ।

अन्तिममा महरा निर्वाचन नै नलड्ने निष्कर्षमा पुगे ।  महराले आफु निकटकि रेखा शर्मालाई एमाले महासचिब शंकर पोखरेलसंग भिडाउन तयार देखीए ।  महरा पोखरेलसंग चुनाब लड्नै खोजेनन । माओबादिले संघ नछोडेपछि कांग्रेसका नेताहरुको प्रतीष्पर्धा प्रदेशमा झर्यो । कांग्रेस नेताहरु केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे र प्रदेशका सह महामन्त्री खगराज पाण्डेको दाबी बलियो थियो । तर, कांग्रेस नेता गृहमन्त्री बालकृष्ण खाडकै बलमा खनालले एकाएक टिकट ल्याएर आए ।

SPONSORED

खनाल प्रदेशमा झरेपछि खगराजले सामाजिक सन्जालबाट कडा शब्दमा बिरोध गरे । एउटेै ब्यक्तिले अवसर पाइरहने र कसैले अवसर नै नपाउने राम्रो कुरा नभएको भन्दै उनि खरोरुपमै आलोचनामा उत्रिए । खनालले चुनाब जित्नै पर्ने दबाबमा छन । चुनाब जित्न नसके उनि राजनिति कमजोर बन्नेछन । एमालेले पनि दाङ २ क बाट राम्रै, बलियो उम्मेद्वार बलिभद्र रानालाई अघि सारेको छ । राना उनको लागि ठुलै चुनौती नै बनेर अडिएका छन ।

SPONSORED

SPONSORED

hospital dang ghorahi