
दाङ । दाङ क्षेत्र नम्बर २ क मा कांग्रेसबाट प्रदेश सभा सदस्यका उम्मेद्वार पार्टीका प्रदेश उप सभापती राजु खनालले आफु कांग्रेसको मात्रै नभई माओबादीको उम्मेद्वार भएको बताएका छन ।
बिभीन्न वडामा चलिरहेको कांग्रेस र माओबादीको संयुक्त चुनाबी कोण सभामा बोल्दै कांग्रेस र माओबादीको साझा उम्मेद्वार भएकाले चुनाब जित्ने दाबी गरे । उनले कांग्रेसका नेता, कार्यकर्तालाई माओबादीको चुनाब चिन्ह हसिता हतौडामा भोट हाल्न आग्रह गरे । कांग्रेसकाले कांग्रेसलाई मात्रै भोट हालेर मत पत्र खाली नछोड्न कांग्रेसका स्थानीय कार्यकर्तालाई सुझाए । खनाल गठबन्धनसंगै आफ्नो सिङ्गल प्रचार गर्ने गरेका छन । उनले कुनैपनि हालतमा गठबन्धनमा भोट हाल्न अपिल गरे ।
SPONSORED

SPONSORED
