संघमा सिफारिस भएका राजु खनाल घिमिरे र पाण्डेलाई साइड लगाएर प्रदेशमा झरे !

स्व. खुमबहादुर खड्काका छोरा अनुरागलाई कांग्रेसको टिकट
दाङमा यस्ता छन् सत्ता गठबन्धनका उम्मेदार

दाङ । सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।भागबण्डाअनुसार प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं १ मा नेकपा एस, २ मा माओवादी र ३ मा नेपाली कांग्रेसलाई परेको छ । सोहस् अनुसार क्षेत्र नं १ मा एसबाट मेटमणी चौधरी, २ मा माओवादीबाट रेखा शर्मा र ३ मा कांग्रेसका दीपक गिरी उम्मेदवार बनेका छन् ।

SPONSORED

प्रदेश सभातर्फ सत्ता गठबन्धनबाट क्षेत्र नं १ कमा माओवादीका इन्द्रजित थारु र ख मा नेपाली कांग्रेसका अनुराग खड्कालाई उम्मेदवार बनाइएको छ । इन्द्रजित लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री छन् । अनुराग कांग्रेस नेता स्व. खुमबहादुर खड्काका छोरा हुन् ।

SPONSORED

त्यस्तै क्षेत्र नं २ क मा नेपाली कांग्रेसका राजु खनाल र २ ख मा कांग्रेसकै प्रचण्ड विक्रम न्यौपानेले टिकट पाएका छन् । राजु खनाल प्रतिनिधि सभाको पूर्व सदस्य हुन् । खनाल आफु संघमा लड्ने बताउदै आएका थिए । दाङ २ क मा कांग्रेसबाट प्रदेश सभा सदस्यमा सिफारिस भएका कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री खगराज पाण्डे, कांग्रेसका युबा नेता कमलकिशोर घिमिरेलाई साईड लगाएर खनाल प्रदेशमा झरेका हुन । खनाल आफैले संघमा आफु उठ्ने र प्रदेशमा नझर्ने बताएका थिए । खनालले सो प्रदेशमा १ नम्बरमा सिफारिस परेका गोपालराज शर्मालाई पनि हिस्स पार्दै आफैले टिकट ल्याएर आए । कांग्रेस केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे प्रदेशमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश सभा सदस्यको दौडमा रहेपनि उनि पछि परे। सुरुदेखि नै शेरबहादुर देउबा समुहमा  कृष्णकिशोरले रहेका हुन । कमलकिशोर घिमिरे हुँदै किरणकिशोर घिमिरे लाग्दा पनि आफ्नो सहोदर दाई कृष्णकिशोर घिमिरेले टिकट नपाउदा कांग्रेस भित्र राजनितिकरुपमा कमजोर बनेको शन्देश गएको छ ।

SPONSORED

यसअघि खगराज पाण्डेले संघमा सिफारिस भएका प्रदेशमा झर्न नहुने बताएका थिए । खनाललाई कांग्रेस भित्र घेराबन्दि छ । खनाललाई स्थानिय तहको चुनाबदेखि कांग्रेस भित्रको आन्तरिक राजनितिमा ज्यादा गुटबन्दि गरेको आरोप छ । त्यस्तै कांग्रेस नेता बिर्केस्वरि गौतम र भरतबहादुर न्यौपानेले संघमा सिफारिस भएका प्रदेशमा आउन नहुने बताउदै आएका थिए ।

न्यौपाने भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

त्यस्तै क्षेत्र नं ३ क मा कांग्रेसका डिल्लीबहादुर चौधरी र ख मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की उम्मेदवार छन् । चौधरीले पर्यटन मन्त्री छन् । माओवादीका राना नयाँ हुन् । उनी लडाकुको पूर्व डिभिजन कमाण्डर थिए । नेकपा एस तथा जनमोर्चाले प्रदेशमा दावी गरेपनि कुनै स्थान पाएनन् ।

नेकपा एमालेले क्षेत्र नं १ को संघीय उमेदवार शान्ता चौधरी, १ क बाट गंगाराम भट्टराई र ख बाट कुलबहादुर केसीलाई एमालेले उमेदवार बनाएको छ ।

यसैगरी क्षेत्र नं २ मा महासचिव शंकर पोखरेल, प्रदेशतर्फ २ क मा बलिभद्र राना र २ ख मा गिरिराज केसीलाई उमेदवार बनाएको छ । क्षेत्र नम्वर ३ मा कोमल वलीलाई संघ र ३ क मा घनश्याम पाण्डेय र ख मा जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई उमेदवार बनाएको छ ।

hospital dang ghorahi