दाङ । दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यको उम्मेद्वारकोरुपमा एमाले लुम्बिनी प्रदेश सचिब लक्ष्मण आचार्यको नाम सिफारिस भयो ।
आचार्यसंगै नेता गिरिराज केसि र नेतृ तुलसा केसिको नाम पनि सिफारिस भयो। आचार्य टिकटको दौडमा काठमाडौं पुगे । एमाले अन्य सचिबालय नेता सबैसंग भेटघाट गरे । आफ्नो टिकटका लागि लबिङ गर्न आग्रह गरे । नेता भेट्नेक्रममा एमाले महासचिब शंकर पोखरेल कहाँ पनि आचार्य पुगे ।
SPONSORED
एमाले पुर्ब जिल्ला अध्यक्ष समेत रहेका र शंकरकै निर्बाचन क्षेत्रका राम्रै नेता हुन आचार्य । पोखरेल प्रदेशमा चुनाब उठ्दा उनि चुनाबी कमाण्डर बनेर हिडे । तर, अहिले टिकटको दौडमा रहेका आचार्यलाई जातीयताका कारण उनलाई पछाडि पार्ने खेल सुरु भएको छ । संघमा आचार्यले दाबी नगरेर महासचिबलाई छोडेर प्रदेशमा झर्दा पनि उनको दाबी कमजोर बनाइयो । पोखरेललाई काठमाडौंमा भेट्दा उनले आचार्यसंग कुरै गर्न नचाहेको उनि निकट एक जना नेताले बताए ।
SPONSORED
पोखरेलले टिकट बारे आचार्यसंग कुरा गर्न नखोज्नुले उनलाई टिकट दिन नखोजेको स्पष्ट भएको उनले बताए। आचार्यको ठाउँमा माओबादीबाट एमालेमा प्रबेश गरेका अर्का नेता गिरिराज केसिलाई पोखरेलले टिकट दिन खोजेका छन । पोखरेल निकट नेताहरुले जिल्लाबाट आचार्य समुहको खासै जनमत नरहेको र चुनाबमा कुनै प्रभाब पार्न नसक्नेरुपमा आकलन गरेको छ । आचार्य समुह कमजोर रहेको भनेर केन्द्रिय नेताहरुलाई पोखरेल समुहले रिपोर्टिङ गरेको छ।
SPONSORED