
दाङ । नेकपा एमाले दाङका पुर्ब जिल्ला अध्यक्ष लक्ष्मण आचार्यलाई बाईपास गरेर टिकट बितरण गर्न खोजेपछि एमाले दाङ भित्र खैलाबैला मच्चीएको छ ।
निरन्तर राजनितिमा सकृय नेता आचार्य पार्टी भित्र इमान्दार, कम बोल्ने, शालीन नेताकारुपमा आफ्नो परिचय बनाएका छन । नेकपा हुँदा उनि माधब नेपाल समुहमा थिए । एमालेको जिल्ला अध्यक्ष हुँदा केपि ओलि पक्षबाट लडेर चुनाब जिते । दोस्रो कार्यकाल एमाले जिल्ला अध्यक्षका लागि चुनाब लड्दा नरुलाल चौधरीसंग पराजित भए । उनि नेता हुँदा एमाले भित्र बर्तमान शहरि बिकास मन्त्री मेटमणि चौधरी जुनियर नेता थिए । आचार्यले अहिलेसम्म कुनै राजनितीक लाभ नपाउदा मेटमणि मन्त्री भइसके । एमाले हुँदाखेरी मेटमणि एमाले महासचिब शंकर पोखरेलको खरो आलोचना गरेकै कारण माधब कुमार नेपाल समुहबाट दाङ क्षेत्र नम्बर १ बाट नेकपा हुँदा प्रतिनिधि सभा सदस्य जिते ।
SPONSORED

त्यो बेला आचार्य शंकरका चुनाबी कमाण्डर बनेर सहयोग गरे । अखिलको केन्द्रिय सचिब समेत भइसकेका आचार्यले प्रदेश दाङ २ ख मा टिकट माग्दा उनले पाउने कुनै छनक देखीएको छैन । पोखरेल एमाले सचिबकै हैसियतमा तत्कालीन समयमा दाङ क्षेत्र नम्बर ४ बाट चुनाब लड्दा कांग्रेसका बुद्धिराम भण्डारीसंग हार्न पुगे । सो क्षेत्रमा बाहुन-क्षेत्रिको नारा लगाएर एमाले भित्रका क्षेत्रि समुदायका नेताहरुले हराएको त्यो बेला भनिएकै कारण अहिले दाङ २ ख जातीयता कारण क्षेत्रि समुदायबाट नै उम्मेद्वार अघि सार्ने तयारिमा एमाले जुटेको छ ।
SPONSORED

त्यो समुदायबाट एमालेमा गिरिराज केसिले टिकट पाउने चर्चा छ । तर, एमालेले अहिलेसम्म अन्तिम टुङ्गाे लगाएको छैन । आचार्यका समकालीन नेताहरु अहिले एमालेको केन्द्रिय सदस्य छन भने उनि आफै पनि पार्टीको प्रदेशको सचिबको जिम्मेवारीमा छन । एमाले दाङ भित्र आचार्यको समुह बलियो नै छ ।
SPONSORED

तर, त्यो समुह अलि छिन्न भिन्न अबस्थामा पुगेको छ । एमालेकै जिल्ला सचिब हालका नेकपा समाजबादीबाट हिराचन्द्र केसि स्वास्थ्य राज्यमन्त्री बनिसकेका छन । आचार्यपछि जिल्ला अध्यक्ष भइसकेका एमालेकै नेताहरु नरुलाल चौधरी दुइ चोटि घोराहिका मेयर बनिसके । अर्का नेता टिकाराम खड्का पनि तुलसीपुरको मेयर भइसके । उनि यसअघि एक चोटि प्रतिनिधि सभामा पनि चुनाब लडे । एमाले महासचिब शंकरकै क्षेत्रमा एमालेकै नेताहरु असन्तुष्ट बनेका छन । आचार्यको समुहलाई एमाले केन्द्रिय सदस्य सीता सिग्देल न्यौपानेको साथ छ ।