कांग्रेस नेता खगराज पाण्डेले भने-संघ दाबी गर्ने जो भएपनि प्रदेशमा झर्नु हुँदैन, शेखर समुहबाट म नै हो !

दाङ । कांग्रेस लुम्बिनी प्रदेशका  सह महामन्त्री खगराज पाण्डेले पार्टी भित्र शेखर कोइराला समुहबाट दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा पहिलो टिकटको दाबेदार रहेको बताए ।

जागरण अनलाईनसंगको कुराकानीमा उनले शेखर समुहले दाङमा प्रदेशमा पाउने अबस्थामा आफैले पाउने दाबि समेत गरे । उनले संघ माओबादीले लगेको खण्डमा प्रदेश क र ख दुबै कांग्रेसले पाउने र त्यो अबस्थामा दुबै ठाउँमा शेरबहादुर पक्षकाले टिकट पाउने सम्भाबना नरहेको बताए । उनले संघमा सिफारिस भइसकेकाले सके संघको टिकट ल्याउने, तर, संघको टिकट नभए प्रदेशको टिकट आफैलाई चाहिने कुरा राम्रो नहुने बताए ।

SPONSORED

उनले संघमा उम्मेद्वारकोरुपमा सिफारिस भएका कृष्णकिशोर घिमिरे र राजु खनाल प्रदेशमा झर्न नहुने भन्दै बिपक्षि एमालेको उम्मेद्वारको तुलनामा उनिहरु निकै कमजोर रहेकाले आफुले टिकट पाए चुनाब जित्ने दावी समेत गरे। आफू अर्कोपटक नलड्ने भएकाले यसपाली आफैले पाउनु पर्ने तर्क गरे।

SPONSORED

कांग्रेस नेता पाण्डेले कसैले अवसर नपाउने र कसैले अवसर पाईरहने कुरा जायज नहुने भएकाले एमालेका उम्मेद्वार बलिभद्र राना मगरलाई आफुले टिकट पाए मात्रै हराउन सक्ने पनि उल्लेख गरे । आफुलाई सबैले माया गर्ने र बिगतमा बङ्गलाचुलिमा बसेर हुर्के बढेका कारण कांग्रेसमा प्रदेशको टिकट दाबी गर्ने अन्य उम्मेद्वार भन्दै धेरै नै बलियो रहेको र धेरै मत ल्याउन सक्ने जिकिर गरे ।

SPONSORED

उनले खनाल र घिमिरेले टिकट पाएको खण्डमा आफैले बाडेर ल्याउने बताएकाले त्यो सम्भब नरहेको र दुबै टिकट एउटेै समुहले पाउने कुरा कदापी मान्य नहुने बताए । देउखुरिमा कांग्रेसकै नेताले अनुराग खड्काले टिकट पाए बिद्रोह गर्ने कुरा आएकाले सबैलाई मिलाएर टिकट दिए गठबन्धनले भारी मतले चुनाब जित्ने ठाेकुवा गरे।

hospital dang ghorahi