दाङमा पनि शेखर पक्षको बिद्रोहको तयारी, स्वतन्त्र उम्मेद्वारी दिने धितालको दाबी

दाङ । कांग्रेसका नेता शेखर कोइराला पक्षका नेता दाङ निबासी नेपाली कांग्रेसका पुर्ब महाधिबेशन प्रतिनिधि राजेन्द्र धितालले दाङमा पनि शेखर पक्षबाट स्वतन्त्र उम्मेद्वारीको तयारी भइरहेको बताएका छन ।

उनले आफु निरन्तर राजनितिमा कृयाशिल हुँदा पनि हालसम्म पनि पार्टीबाट टिकट नपाएकाले यसपटक बिद्रोह हुने बताए । दाङ भरी नै स्वतन्त्र उम्मेद्वारीको तयारी भइरहेको उनले जानकारी दिए । आफुले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा बिद्रोहि पक्षबाट उम्मेद्वारी दिने बताए । उनले कांग्रेसबाट संघमा टिकट पाउन लागेका दिपक गिरि कोइराला क्याम्प छोडेर शेरबहादुर देउबा पक्षमा गइसकेको दाबी गरे ।

SPONSORED

अहिले कांग्रेसबाट संघमा सिफारिस भएका धितालले  ३ नम्बर क्षेत्रमा संघमा दिपक गिरि, क र ख मा डिल्लि चौधरी र धनबहादुर मास्केलाई भित्र भित्र दिने तयारी भइरहेकाले संघमा आफुले नपाए स्वतन्त्र उम्मेद्वारी हाल्ने बताए । उनले दाङ क्षेत्र नम्बर २ मा संघ माओबादिलाई र दाङ २ क मा कृष्णकिशोर घिमिरे र ख मा राजु खनाललाई प्रदेशमा टिकट दिने तयारी भइरहेको बताए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi