दाङ क्षेत्र नम्बर २– चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस-माओवादि उम्मेदवार

घोराही । प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका एमाले महासचिव शंकर पोखरेल र दाङ २ क वाट सर्वसम्मत उम्मेद्वार सिफारीस भएका वलिभद्र राना चुनावी तयारीका लागि कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त छन् ।

एमाले उम्मेदवार शंकर र वलि चुनावी तयारीमा हुँदा नेपाली कांग्रेस र माओवादिका प्रस्तावित उम्मेदवार क्षेत्र नम्बर २ मा देखिएका छैनन् । दाङ २ नम्वर क्षेत्र सीटवाडफाडमा माओवादिलाई परेको छ । संघमा रेखा शर्मा नै उठ्ने निश्चित जस्तै भएपछि गठवन्धनले टिकट कसैको पनि टुङ्ग्याएको छैन् ।

SPONSORED

काग्रेस र माओवादिवाट टिकट निश्चित नभएका कारण कुनै पनि नेता निर्वाचन क्षेत्रसम्म नपुगी काठमाण्डौ अड्किएका छन् ।

SPONSORED

गठबन्धनबीच सिट बाँडफाँट हुँदा दाङ १ एकिकृत समाजवादि, २ माओवादि र ३ काग्रेसले लिने गरी सहमति भइसकेको छ । प्रदेशमा काग्रेस, माओवादि, समाजवादिको दावि रहेकाले टिकट टुङ्ग्याउन सकस नै परेको छ । गठवन्धनका नेताहरु मौन छन् । केन्द्रबाट टिकट कन्फर्म भएपछि मात्रै क्षेत्र जाने उनीहरुको तयारी छ ।

SPONSORED

गत बैशाखमा सम्पन्न निर्वाचनमा स्थानीय तहमा घोराही र तुलसिपुरमा कांग्रेस र माओवादिले चुनाव जित्न सकेनन् । माओवादि र काग्रेसले गठवन्धन गरेर वङ्गलाचुलिमा चुनाव जितेका हुन् । यद्यपि, एमालेले आफ्नो पकड बनाउदै लगेको छ ।

hospital dang ghorahi