
घोराही । नेकपा माओवादि केन्द्रका नेता कृष्णबहादुर महराले संघको समानुपातिक वन्द सुचिमा परेपछि माओवादिले दाङ क्षेत्र नम्वर २ मा सिनियर महीला नेतृ रेखा शर्मालाई उम्मेद्वार बनाउने करीव–करीव पक्का पक्की जस्तै बनेको छ । दुई चोटि समानुपातिक बसिसकेकाले पनि शर्माले प्रत्यक्षमा पाए चुनाव लड्ने बताइ सकेकि छिन् ।
शर्मा संघमा उठने भएमा दाङ क्षेत्र नम्वर २ क र ख मा काग्रेसको दावि छ । तर, गठवन्धनको अन्य दलहरुको पनि सोही क्षेत्रको प्रदेशमा दावि छ । अन्य क्षेत्रमा काग्रेसलाई दिएर माओवादिले पनि २ क लैजान सक्ने वलियो सम्भावना त्यत्तिकै छ । माओवादिले भाग पाएको खण्डमा दाङ २ क मा निर्मल आचार्यले टिकट पाउनेछन् । काग्रेसले २ नम्वर क्षेत्रको प्रदेश क र ख लिएमा क मा अलि वढि काग्रेसवाट राजु खनाल र कृष्णकिशोर घिमिरेको चर्को दावि देखीन्छ । संघमा दावि गर्नेमा खनाल र किरण किशोर घिमिरे हुन् ।
SPONSORED

संघ नपाउने अवस्थामा कही न कही ब्यवस्थापन खोजेका खनाल प्रदेश पनि नछोड्ने पक्षमा छन् । प्रदेश वा संघमा कम्तिमा एउटा टिकट पाउनुपर्नेमा घिमिरे परीवारको अडान राखेका छन् । मुख्यमन्त्रि पाउने सर्तमा मात्रै पुर्व सभाषद भइसकेका सिनियर नेता पनि भएकाले कृष्णकिशोर घिमिरेले रुचि देखाएका छन् । दाङ २ क मा खनाल र कृष्णकिशोर एकले अर्कालाई छोड्ने पक्षमा छैनन् । खनालले पाए आफै लिने वा घिमीरेले पाए पनि आफैले राख्ने पक्षमा दुवैको दावि देखीन्छ । खुलेरै वाहीर नवोलेपनि खनाल र कृष्णकिशोरले आफु निकट नेताहरुलाई पार्टिले निर्णय गरेको खण्डमा प्रदेशमा आउन सकिने बताउने गरेका छन् ।
SPONSORED

यद्यपि, काग्रेसले अहीलेसम्म कुनै प्रदेशमा आधिकारीक मुख्यमन्त्रिको उम्मेद्वार भनेर कसैलाई भनेको छैन । एमालेले पनि आधिकारीक मुख्यमन्त्रिको उम्मेद्वार भनेर कसैलाई पनि भनेको छैन् । दाङ २ ख मा एकिकृत समाजवादीको तर्फवाट भागवत विश्वासिले दावि गरेका छन् । प्रदेशमा सरकार बनाउन समाजवादिको तर्फवाट अमर डाँगिले मुख्य निभाएको भन्दै डाँगिलाई त्यो क्षेत्र छोड्नुपर्ने समाजवादिको दावि छ ।
SPONSORED
