
दाङ । नेकपा माओबादीका उपाध्यक्ष कृष्णबहादुर महरा दाङमा कमजोर बन्दै गएका छन । महरालाई जिल्लामा साथ दिदै आएका माओबादि केन्द्रिय सदस्य हेमराज शर्मा डाइमण्ड घोराहीको मेयरमा चुनाब हारेपछि उनि भुमिका बिहिन बनेका छन ।
महराको बलमा निरन्तर जिल्ला नेतृत्वमा बलियो बनेका शर्मा अहिले महरा कमजोर बनेपछि अहिले साथ छोडेको माओबादीको जिल्ला स्रोतले जनाएको छ । शर्माको बलियो पकड रहेको माओबादीको जिल्ला नेतृत्व अहिले माओबादी केन्द्रिय सदस्य निर्मल आचार्यको हातमा पुगेको छ । आचार्य आफु जिल्ला इन्चार्ज र भाइ बिश्व आचार्य जिल्ला सचीब भएपछि उनिहरुको हातमा पार्टी पुगेको हो । महरा निकट हुँदा निर्मललाई डाइमण्डले निरन्तर पेल्दै आएका थिए । बैद्यको एक समुहको र प्रचण्डको एकिकरणपछि डाइमण्ड जिल्लामा बलियो बन्दै गएका थिए । महरा यसपाली आफैले जितेको निर्बाचन क्षेत्र दाङ २ मा एमाले महासचिब शंकर पोखरेलसंग चुनाब नलडेर सुरक्षित बाटाे अपनाउदै समानुपातिकमा गएका छन् । महरासंगै संघमा सिफारिसमा परेका माओबादी नेतृ रेखा शर्मा र निर्मल आचार्य दौडमा छन ।
SPONSORED

तर, माओबादी स्रोतका अनुसार आचार्य प्रदेश धेरै लिएर संघ कांग्रेसलाई छोड्नु पर्ने रणनितिमा छन । प्रदेश धेरै लिएमा दाङ २ क बाट पनि प्रदेशमा आफ्नो नाम सिफारिस गराएका आचार्यले टिकटमा दाउ हान्ने सोचमा छन । महरा रेखालाई नै संघमा उठाउने गरि तयारी गरेका छन । संघ कांग्रेसलाई दिएमा प्रदेश धेरै जित्न सकिने दाउमा माओबादी छ । दाङमा माओबादीले जितेको क्षेत्र नै कांग्रेसलाई छोड्दिए जिल्लामा माओबादी नै सकिएको शन्देश जाने भन्दै महरा निकट नेताहरु चुनाबि क्षेत्र छोड्न नहुने पक्षमा छन । आचार्य माओबादी नेता बर्षमान पुन निकट हुन । डाइमण्ड महरालाई छोडेपछि बर्षमान वा जनार्दन शर्मा प्रभाकर मध्य कुन गुट समात्ने भन्नेमा अलमलमा छन ।
SPONSORED

SPONSORED
