घोराही, असोज ३ । दाङमा पनि सोमबार घोराही र बंगलाचुली क्षेत्रमा लामो समयदेखि राजनीति, व्यवसायिमा लागेका ५० जना ब्यक्ति एमाले प्रवेश गरेका छन ।
संविधान दिवस र पार्टी प्रवेशको अबसरमा नेकपा एमाले दाङले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका सर्बसम्मत उम्मेद्वार बलिभद्र रानाको पहल र समन्वयमा कांग्रेस र नेकपा माओवादी परित्याग गरि ५० जना एमाले प्रवेश गरेका हुन ।
SPONSORED
नब प्रबेशिहरुलाई एमाले रास्ट्रिय महाधिबेशन प्रतिनिधी र लुम्बिनी प्रदेश कमिटि सदस्य समेत रहेका रानासहित नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरी, एमाले लुम्बिनी प्रदेश कमिटीका सहइञ्चार्ज जीवन गौतम, नेता भेषराज खत्री, यमुना घर्तीले टिका, खादा लगाएर स्वागत गरेका हुन ।
SPONSORED
नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधी तथा क्रियाशिल सदस्य धनेश्वर भण्डारीको नेतृत्वमा डिलबहादुर केसी, रुपेश केसी, युवराज जिसी, डेमलाल भण्डारी, बसन्तराज वली, बसन्ता वली, मदन डाँगी, सञ्जीव भण्डारी, गौरब भण्डारी, सिता केसी, सुवास भण्डारी, सरस्वता भण्डारी, डिलबहादुर महरा, सुवास महरा, शिवराज केसी, यमबहादुर जिसी, टोपाराम भण्डारी, कमला भण्डारी, लिला देबी भण्डारी, चुमान बस्नेत, कमला देबी भण्डारी, सूर्य वली, गौरब भण्डारी, बुद्धिजीवी पोख्रेल एमाले प्रवेश गरेका हुन ।
SPONSORED
भण्डारीको कांग्रेस भित्र बलियो पकड बनाएर बसेका नेता हुन । उनको एमाले प्रबेशले कांग्रेस भित्र हलचल मच्चीएको छ । जनयुद्धकालमा आफु मर्न तयार भएर पनि कांग्रेस बचाउने नेताकारुपमा चिनिने गरेका भण्डारी कांग्रेस भित्र योगदान रामै भएका नेता भित्र गनिन्छन । कांग्रेस महाधिबेशन प्रतिनिधि भोजराज पाण्डे, खगराज पाण्डे निकट रहेका उनि एमाले प्रबेशले कांग्रेस भित्र र बाहिर चर्चा परिचर्चा सुरु भएका छन । भण्डारि बिमाको लोभमा नेपाल बन्दको समयमा बन्दको बहाना बनाएर आफ्नै टिप्पर जलाएको आरोपमा प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको थियो । उनि हालसालै अदालतबाट डेढलाख धरौटि तिरेर छुटेका हुन । छुटे लगत्तै उनि एमाले प्रबेश गरे ।
यसैगरी नेकपा माओवादी बंगलाचुली वडा नम्वर ४ का सचिव सागर घर्ती, सहसचिव प्रेम खड्का, वडाका वाइसियल इञ्चार्ज नारायण रोका, नेताहरु दिपा परियार, अञ्जना बिक, राधा बिक, सन्तोष बिक, बिजय बिक, गंगा परियार, हुनाराम जिसी, तिलक पौडेल, प्रेमसिंग पुन, कमल पोख्रेल एमाले प्रवेश गरे ।
सो अबसरमा बोल्ने एमाले नवप्रवेशीहरुले कांग्रेस माओवादीबाट अब मुलुकले पार नपाउने भएकाले आफूहरुले एमाले राजेको बताएका छन् । कार्यक्रममा बोल्दै एमाले नवप्रवेशी धनेश्वर भण्डारीले कांग्रेसले नीति, विचार तथा सबै कुरा हराएकाले आफू एमालेमा प्रवेश गरेको बताए ।
एमालेलाई अबको निर्वाचनमा जिताउन पहिले भन्दा पनि क्रियाशिल भएर पार्टीमा लाग्ने उनले प्रतिबद्धता जाहेर गरे । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, एमाले नेताहरु जीवन गौतम, बलिभद्र रानालगायतकाले पार्टीमा नयाँ प्रवेश गर्नेहरुलाई उचित स्थान दिने प्रतिबद्धता जाहेर गरे । कार्यक्रमको सहजीकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।