घोराही । नेकपा माओवादिका नेता पर्शु नारायण श्रेष्ठ दिनेश एमालेमा प्रवेश गरेका छन् । मंसिर ४ गतेको आम चुनावका लागि हालै मात्रै नेकपा माओवादि केन्द्र दाङले प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ आदिवासि जनजाति कोटावाट एकलरुपमा सर्वसम्मत नाम सिफारीस गरेको हो । यसअघि पनि माओवादि नेता श्रेष्ठ स्थानिय तहको चुनावको वेलामा नै पाटि परीत्याग गरेका हुन् । स्थानिय तहको चुनावको मुखैमा श्रेष्ठले पाटिवाट राजिनामा दिएपछि माओवादि र काग्रेसको तर्फवाट घोराहीका मेयरमा प्रतिष्पर्धा गरेका हेमराज शर्मा डाइमण्डका कारण फेरी माओवादिमै फर्किएका थिए ।
श्रेष्ठ संघ र प्रदेशको चुनावको लहर चलेको वेला एमालेमा प्रवेश गरेका हुन् । श्रेष्ठलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाटि प्रवेश गराएका छन् । नेकपा एमाले दाङ क्षेत्र नम्वर २ का प्रदेश इञ्चार्ज शिवकुमार आचार्य, लुम्बिनि प्रदेशका सह इञ्चार्ज जिवन गौतम, एमाले नेता प्रमोद शर्माको उपस्थितीमा उनि पाटि प्रवेश गरेका छन् ।
SPONSORED
SPONSORED