फोरलेन बारे कांग्रेस नेता कमलकिशोरको प्रश्न- केन्द्र, प्रदेश र स्थानिय तहमा चार बर्ष नेतृत्व गरेर किन काम नगरेको !

दाङ । नेपाली कांग्रेसका युबा नेता कमल किशोर घिमिरेले यसअघि संघ, प्रदेश र स्थानिय तहको नेतृत्व चार बर्षसम्म गरेर किन फोरलेनको काम नगरेको भन्दै एमालेमाथि प्रश्न गरेका छन ।

सामाजिक सन्जाल फेसबुकमा लेख्दै घिमिरेले भनेका छन-`४ बर्ष केन्द्र र प्रदेश अनि स्थानिय तहको नेतृत्व गर्ने अनि आफ्नै पार्टीको नेताका छोरालाई घोराही तुल्सिपुर ४ लेन सडक को ठेक्का दिनेले बोल्न लाज मान्नु नि!! क्या बात! ह….ने लाई भन्दा देख्ने लाज!!´

SPONSORED

घिमिरे दाङ २ क मा एमाले महासचिब शंकर पोखरेलसंग चुनाब हारेका हुन । पोखरेल प्रदेश सभा सदस्य जितेर मुख्यमन्त्री बन्न समेत सफल भए । कांग्रेसको पालामा बुटवल गएको अस्थायी राजधानी आफु मुख्यमन्त्री भएको बेला तत्कालिन नेकपाको २ तिहाईको बलमा दाङको भालुबाङमा राजधानि तोक्न सफल भएका थिए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi