दाङ २ ख मा एकिकृत समाजबादीको दाबी, टिकट ल्याउन२ क मा कांग्रेस भित्र घिमिरे परिवार भर्सेस खनालको दौडधुप

दाङ । दाङ क्षेत्र नम्बर २ बाट संघतर्फ माओबादी केन्द्रबाट पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले सार्बजनिक उम्मेद्वारी घोषणा गरेपछि संघमा अब कांग्रेसबाट दाबेदारहरु कमजोर भएका छन । महराले संघमा एमाले महासचिब शंकर पोखरेलसंग चुनाब लड्ने गरि उम्मेद्वारी सार्बजनिक गरेका हुन ।

महराले संघमा दाबी गर्नासाथ सोही क्षेत्रबाट कांग्रेसबाट दाबी गर्ने राजु खनाल, किरण किशोर घिमिरे, घनश्याम रेग्मी, भरतबहादुर न्यौपानेको दाबी स्वाभाबिकरुपमा गठबन्धनका कारण कमजोर बनेको छ । संघमा दाबी गर्ने कांग्रेस नेताहरुको नजर प्रदेशतिर सोझीएको छ । जबकि कांग्रेसबाट संघमा दाबी गर्नेहरुले नाम सिफारिस गराएजस्तै अहिले प्रदेशमा पनि कांग्रेसबाट अन्य नेताहरुको नाम प्रदेशमा सिफारिस भएका छन । कांग्रेस भित्र यसअघि प्रदेशमा दावी गरेर नाम सिफारिस गर्ने गोपालराज शर्मा, खगराज पाण्डे, कमलकिशोर घिमिरे, कमान सिंह भारती, दुर्लभ केसि, कुलराज खनाल रहेका छन ।

SPONSORED

संघको आकाङ्क्षि हुँदा हुँदै प्रदेशमा नेताहरु झरे आपसमा बिवाद बढ्न सक्ने खतरा छ । कांग्रेस भित्र दाङ २ क मा प्रत्यक्षतर्फ टिकट ल्याउन महरासंग अघिल्लो पटक चुनाब लडेर हारेका कारण उनको ब्यबस्थापन गर्नुपर्ने अबस्थामा राजुको सम्भाबना छ । खनालले संघमा आफ्नो दाबी रहने बताउने गरेपनी प्रदेशको हकमा आउने नआउने बारे औपचारिकरुपमा मुख खोलेका छैनन ।

SPONSORED

उनको टिकट रोक्न कांग्रेस भित्र एक खेमा हात धोयर नै लागेका छन । स्थानिय तहको चुनाब र पार्टीको महाधिबेशनमा जिल्ला तहमा भएको गुटबन्दिको सिकार भएका नेताहरुको कांग्रेस भित्र ठुलो आक्रोश छ । खनालसंगै टिकटमा पछिल्लो पटक दाङ कांग्रेस भित्र र पार्टीको केन्द्रिय तहमा घिमिरे परिवारले बार्गेनिङ पावर बढाएको छ ।

SPONSORED

संघमा पहिलो दावी रहेको र यदि संघमा नहुने अबस्थामा मुख्यमन्त्री पाउने सर्तमा प्रदेशमा चुनाब लड्ने घिमिरे परिवारको योजना छ । घिमिरे परिवारको समानुपातिक भन्दा पनि प्रत्यक्ष टिकटमा जोडबल देखीन्छ । मुख्यमन्त्री पाउने भए प्रदेश सभा सदस्यमा पुर्ब सभाषद कृष्णकिशोर घिमिरे भिड्ने तयारिमा छन । खनाल र घिमिरे परिवारको टिकटको झिना झप्टिले तेस्रो ब्यक्तिलाई पनि फाईदा पुग्ने प्रबल सम्भाबना छ ।

तर, लुम्बिनी प्रदेशमा सरकार बनाउन एकिकृत समाजबादीबाट प्रदेश सभा सदस्य अमर डागिले भुमिका खेलेको भन्दै समाजबादीएक दाङ २ ख मा टिकटको दाबी गरेको छ । समाजबादिका जिल्ला अध्यक्ष शुरामणि बेलबासेले दाङ २ ख मा समाजबादिको संगठन बलियो रहेकाले आफुहरुको दाबी सोही क्षेत्रमा रहेको बताए ।

hospital dang ghorahi