दाङ । नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नै आफै दाङ क्षेत्र नम्बर २ बाट चुनाब लड्ने निष्कर्ष निकालेर उम्मेद्वारी घोषणा गरेपछि संघमा दाबी गरि रहेका संविधान सभा सदस्य राजु खनाल संकटमा परेका छन ।
अघिल्लो पटक बाम गठबन्धन हुँदा महराले खनाललाई भारी मतले हराएका थिए । अहिले फेरि महरा पाँच दलिय गठबन्धनको तर्फबाट साझा उम्मेद्वार बनेर दङ्गालि जनताको घरदैलो मत माग्ने भएका छन । महरा सोही क्षेत्रबाट निर्बाचित प्रतिनिधि सभा सदस्य हुन । यसअघि बाम गठबन्धनबाट मिलेर चुनाब लडेका नेकपा एमालेका महासचिब शंकर पोखरेल र महरा यसपालि संघको चुनाबमा आम्ने साम्ने हुने तयारिमा छन ।
SPONSORED
दुबै नेताले उम्मेद्वारी घोषणा गरि सकेका छन । खनाल प्रदेशमा चुनाब लड्ने वा समानुपातिकमा बस्ने बाध्यतात्मक अबस्थामा छन । बाहिर खनालले संघमा कांग्रेसबाट दाबी गरेपनि उनको दाबी महराको सामु कमजोर र निरीह बनेको छ । महरा संघमा उठ्नासाथ पहिलो इच्छा दाङ क्षेत्र नम्बर २ बाट खनालले देखाए अघिल्लो पटक उनै महरासंग हारेको हिसाबले टिकट पाउने प्रबल सम्भाबना छ । खनाले नउठेमा गोपालराज शर्मा, खगराज पाण्डे, कमलकिशोर घिमिरेसहि ७ जना दौडमा सामेल हुनेछन ।
SPONSORED
यसअघि खगराजले संघमा उठेको ब्यक्ति माथी उठ्न पाउने, तर, प्रदेशमा झर्न नहुने भन्दै कडा चेतावानी दिई सकेका छन । त्यस्तै पछिल्लो पटक राजनितिक शक्तिमा बलियो रहेका दाङका घिमिरे परिवारले आफुहरुमध्येबाट संघमा र यदि त्यस्तो हुन नसके प्रदेशमा मुख्यमन्त्री पाईने सर्तमा प्रदेशमा उठ्न राजी हुने जनाउ दिएका छन । नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ क मा सर्बसम्मतरुपमा जनजाती पृष्ठभुमिका सबैसंग मिल्न सक्ने लोकप्रिय उम्मेद्वार बलिभद्र रानालाई अघि सारेको छ । एमाले महासचिब शंकर पोखरेलका अत्यन्तै बिश्वासिला पात्र राना चुनाब जितेमा प्रदेशको मन्त्री हुन सक्ने सम्भाबना बलियो छ ।
SPONSORED