संविधान सभा सदस्य राजु खनालले भने–‘मैलै नै हो संघको टिकट ल्याउने

घोराही । संविधान सभा सदस्य, काग्रेस नेता राजु खनालले आफु संघतर्फ चुनाव उठ्ने, तर, प्रदेशमा चुनाव नलड्ने बताएका छन् । उनले चुनावमा आफैले नै संघको टिकट ल्याएर आउने दावि समेत गरे ।

घोराही ६ वाट काग्रेस नेता, सो वडाको वडा अध्यक्षमा लडेर चुनाव हारेका रेवबहादुर बुढाथोकिले आफुलाई चुनावमा हराउन भुमिका खेलेको भन्दै पार्टिको जिल्ला अनुशासन समितिमा कारवाही सिफारीस गरीएको अभिब्यक्तिसहीतको समाचार सार्वजनिक भएपछि नेता खनालले जथाभावि समाचार आएकोमा आपत्ति जनाउदै कारवाहीमा परेको ब्यक्ती कसरी संघको प्रतिनिधि सभा सदस्यमा सिफारीस हुन्छ भनि प्रति प्रश्न गरे । खनालले सुरुदेखी नै आफु संघको लविङमा लाग्ने, यदि त्यसो हुन नसके प्रदेशको चुनाव नलड्ने बताउदै आएका थिए । यद्यपि, उनि निकट नेताहरुले कथाले मागे प्रदेशमा पनि झर्न सकिने बताउछन् ।

SPONSORED

तर, उनले आफु निकट नेताहरुलाई पनि प्रदेश भन्दा पनि सघतिर नै आफ्नो जोडवल रहेको कुरा भन्दै आएका छन् । खनाल निकट काग्रेस नेता, महाधिवेशन प्रतिनिधि वद्री खड्काले खनाल कुनै पनि हालतमा प्रदेशको चुनाव नलड्ने, तर, संघको टिकट ल्याउने आफुसंग भनेको बताए । उनका अनुसार खनालले संघमै तयारी गरेका छन् । पाँच दलिय गठवन्धनका कारण आजै पुर्व सभामुख कृष्णबहादुर महराको पनि नाम माओवादि दाङले निर्वाचन क्षेत्र २ नम्वरवाट एकल सिफारीस गरेको छ । यसअघि महरासंग खनालले चुनाव हारेका हुन् । दाङ २ क वाट प्रदेश सभा सदस्यमा काग्रेसवाट गोपालराज शर्मा, खगराज पाण्डे, कमलकिशोर घिमिरेसहीत ७ जनाको सिफारीस भएको छ ।

SPONSORED

SPONSORED

hospital dang ghorahi