अहिलेसम्म चुनाब नहारेका बलिभद्र राना एमालेबाट प्रदेश सभा सदस्यमा सर्बसम्मत उम्मेद्वार बने !

दाङ। नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटि सदस्य बलिभद्र राना एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा सर्बसम्मत उम्मेद्वार छानीएपछि एमाले भित्र र बाहिर उनको चर्चा परिचर्चा सुरु भएको छ ।

गएको २०७४ को संघ र प्रदेशकै चुनाबमा राना सोही क्षेत्रबाट एक नम्बरमा नाम एमालेले सिफारिस गरेको थियो । एमाले महासचिब शंकर पोखरेल तत्कालिन समयमा नेकपा एमाले र माओबादी केन्द्रले चुनाबी तालमेल गरेपछि दाङ २ क बाट प्रदेश सभा सदस्यका लागि उम्मेद्वार बन्ने निधो गरे । फलस्वरुप : राना आफै पछि हटे । शंकर र महराले रानालाई समानुपातिकमा बस्न आग्रह गरे । उनि एमालेबाट जनजातीतर्फ पहिलो नम्बरमा प्रदेश सभा सदस्यको बन्द सुचिमा परे ।

SPONSORED

तर, राना एमालेले ३३ प्रतिशत महिलालाई सभाषद बनाएपछि उनि समानुपातिकको बन्द सुचिमा परे पनि अन्तिममा सभाषद बन्न सकेनन । पार्टी बिभाजनपछि पनि रानाले शंकरको साथ छाडेनन् र बिश्वास जिती रहे । पार्टी भित्र र बाहिर कुनै अवसर नपाएका नेता भित्र पर्छन राना । उनि जनप्रतिनिधि भएर कुनै लाभको पदमा पुग्न सकेका छैनन । यसर्थ अहिले शंकरले यसपाली प्रदेश सभा सदस्यमा बिश्वास गरेर निर्बीकल्परुपमा निर्बिरोध नै पार्टीबाट उम्मेद्वार बनाएर मैदानमा छाडिदिएका छन ।

SPONSORED

अब राजनिति खुबी देखाएर जित आफ्नो पक्षमा पार्ने उनको सामु चुनौती छ । अहिले सर्बसम्मत उम्मेद्वार बनेर रानाले राजनितिमा बलियो शन्देश दिएका छन । सत्तारुढ गठबन्धनमा उम्मेद्वार छान्न सकस नै छ । राना भने सर्बसम्मत छानीएर चुनाब प्रचार प्रसारमा जुटि सकेका छन । अहिले तुलनात्मकरुपमा बङ्गलाचुली गाउँपालिकामा गएको स्थानीय तहमा मत बढाएर उनले चुनाबी रेशमा आफुलाई बलशालीकैरुपमा उभ्याई सकेका छन । राना आफ्नै चुनाबी क्षेत्रको प्रदेशतर्फ दाङ २ क को इन्चार्ज भएर गएपछि १५ सय रहेको एमालेको मतलाई मेहनत गरेर यसपाली सिङ्गाे पार्टीका नेता, कार्यकर्ता परिचालन गरेर ३७ सय नै पुर्याए । बिगतमा एमाले निकै कमजोर रहेको बङ्गलाचुलिमा मगर समुदायको बाहुल्यता रहेको सोही गाउँपालीकामा सोही समुदायको उम्मेद्वारकोरुपमा एमालेले रानालाई अघि सारी सकेको छ । घोराहीको १३,१४,१५,१७,१८,४,१९ र बङ्गलाचुली २ क को निर्बाचन क्षेत्रमा पर्छन । यो निर्बाचन क्षेत्रमा मगर समुदायको बाहुल्यता नै रहेको छ । राना घोराही बजार क्षेत्रमा पनि आफ्नो बलियो पकड बनाउदै लगेका छन । चुनाबमा अन्य उम्मेद्वार भन्दा उनि बलियो र मतदातामा प्रभाब पार्ने ब्यक्तिमा पर्छन । रानाले सर्बसम्मत उम्मेद्वार भएपछि कांग्रेस भित्र हलचल मच्चिएको छ । एमाले मात्र नभई कांग्रेस, राप्रपा, माओबादीबाट पनि भोट तान्न सक्ने राना बलियो पात्र नै हुन । उनकै नेतृत्व र पहलमा कांग्रेस र माओबादिका राम्रै नेताहरु एमालेमा प्रबेश गरेका छन । कांग्रेसका प्रदेश उप सभापती, वडा अध्यक्ष, सदस्य, माओबादीकै नेतृ तथा बङ्गलाचुलि गाउँपालीका निबर्तमान उपाध्यक्ष यमुना थापा लगायत पार्टी प्रबेश नै गरे ।

SPONSORED

गएकै स्थानिय तहको चुनाबमा प्राप्त भोटलाई बिश्लेषण गर्दा बजार क्षेत्रबाट नै एमालेले राम्रो मत पाएको छ । कांग्रेसले बजार क्षेत्रबाट अपेक्षाकृत भोट पाएन । लुम्बिनी प्रदेश सरकारको रास्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेका राना चुनाब लडेपछि हारेका छैनन । उनि दाङ निर्माण ब्यबसायी संघमा सबैभन्दा धेरै कार्यकाल अध्यक्ष भएर चलाए । झण्डेै ५ कार्यकाल भन्दा बढि अध्यक्ष भए उनि । चुनाबमा पनि उनले जितेका छन भने सर्बसम्मतमा उनि अध्यक्ष भएका छन ।

त्यस्तै नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष पनि उनि सर्बसम्मत नै बने । बिभीन्न सामजिक संघ सस्थामा उनि नेतृत्व तहमा बसेर काम गरिसकेका छन । समाजसेवासंगै बिभिन्न क्षेत्रमा उनि अहिले कृयाशिल नै छन । राना पछिल्लो पटक राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानलाई जग्गा दिलाउने अभियानमा सकृय छन ।

hospital dang ghorahi