दाङ । संविधान सभा सदस्य राजु खनालमाथी कांग्रेसले कारबाहीको सिफारिस गरेको छ । कांग्रेस घोराही ६ को इकाई कमिटिले खनालमाथी कारबाहीको सिफारिस गरेर कांग्रेस जिल्ला पार्टी कार्यालय दाङमा पठाएको सो वडामा वडा अध्यक्षमा पराजित भएका रेबबहादुर बुढाथोकीले बताए ।
आफुलाई वडा अध्यक्षमा हराउन खनालले वडाका आफु निकट नेताहरुलाई परिचालन गरेको उनको आरोप छ । स्थानिय तहको चुनाबमा पक्वई आएर बिपक्षि एमालेको प्रचार गरेको सुनेको र आफु निकट नेतामार्फत आफुलाई वडा अध्यक्षमा हराउन पैसा बाड्नुको साथै गतिबिधी त्यस्तै किसिमको गरेकाले खनालमाथि पनि कारबाहीको सिफारिस गरिएको उनले बताए ।
SPONSORED
उनले खनालमाथी कारबाही हुनुपर्ने माग गरे। यता, कांग्रेसका जिल्ला कमिटिका एक जना पदाधिकारीले खनालमाथि अन्तरघात गरेको आरोप लगाई कारबाहीको माग गर्दै पार्टीको वडा इकाईबाट सिफारिस भई जिल्लामा आएको र घटना बारे जिल्ला तहबाट बुझ्ने काम भइरहेको बताए ।
SPONSORED
कांग्रेस दाङका उप सभापती तथा अनुशासन आयोगका संयोजक गिरिराज सुबेदिले जिल्लाभरिबाट १५२ जनालाई अन्तरघात गरेको आरोपमा कारबाहीको माग गर्दै पार्टी तल्लो कमिटिबाट सिफारिस आएको र केहिलाई स्पष्टिकरण सोध्ने काम भइरहेकाले उपयुक्त समयमा नाम सार्बजनिक हुने बताए । सुबेदिले कारबाहीका लागि कांग्रेसका महाधिबेशन प्रतिनिधि देखि जिल्लास्तरका नेतासम्म सिफारिस आएको जानकारी दिए ।
SPONSORED
उता, संविधान सभा सदस्य खनालले आफु माथी कारबाहीको कुरा थाहा नभएको र कहि कतैबाट सिफारिस नआएको बताए । कांग्रेस महाधिबेशन प्रतिनिधि समेत रहेका खनालले गलत कुरा भएको भन्दै आफुमाथि कारबाहीको सिफारिस आउनै नसक्ने बताए ।