भदौ १५, दाङ । संविधान सभा सदस्य तथा काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले जनताको साथमा काङ्ग्रेस अभियान आवश्यक परेको खण्डमा एक्लै निर्वाचन जाने तयारी पनि रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं २ ख को जनताको साथमा काङ्ग्रेस अभियान अन्तर्गतको भेलामा प्रमुख अतिथिका रूपमा भेलालाई सम्बोधन गर्दै नेता खनाल गठबन्धनलाई निरन्तरता दिनका लागि काङ्ग्रेस अन्तिम चरणसम्म रहने तर आवश्यक परेको खण्डमा एक्लै निर्वाचनमा जान तयारी गर्ने अभियान जनताको साथमा काङ्ग्रेस रहेको बताएका हुन् ।
SPONSORED
‘गठबन्धनका सम्बन्धमा काङ्ग्रेसले अन्तिम चरणसम्म पनि नैतिकता हार्ने छैन। तर, गठबन्धनबाट कोही अलग हुन चाहे काङ्ग्रेस एक्लै पनि निर्वाचनमा जान हिम्मत गर्नु पर्छ । त्यही हिम्मतका सूचकका रूपमा काङ्ग्रेसले जनताको साथमा काङ्ग्रेस अभियान थालेको हो– नेता खनालले भने ।
SPONSORED
SPONSORED