दाङ क्षेत्र नम्वर २ मा संघतर्फ एमाले महासचिव पोखरेल र २ क मा रानाको एकल नाम सिफारीस गर्ने तयारी

घोराही । नेकपा एमालेले देशैभरीवाट भदौ २२ गते भित्र संघ र प्रदेशको चुनावमा उठ्ने उम्मेद्वारहरुको नाम पठाउन निर्देशन लिए लगत्तै दाङमा एमाले बृत्तमा चुनावि चर्चा परीचर्चाहरु सुरु भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह जिल्ला भएकाले एमालेले सर्वसहमतिवाट नै उम्मेद्वारा छान्ने तयारी गरेको छ ।

महासचिव पोखरेलले आफुलाई भेट्न आउने जिल्लास्तरका सबैजसो नेताहरुलाई सहमतिवाट उम्मेद्वार छानेर नयाँ शन्देश दिन निर्देशन दिइसकेका छन् । सोही वमोजिम अहिले दाङ क्षेत्र नम्वर २ मा सर्वसम्मतरुपमा संघतर्फ महासचिव पोखरेलले नै आकाङ्क्षा देखाएकाले उनको नाम सिफाीस हुनेछ भने एमालेले वलियो र चल्तापुर्जा उम्मेद्वार र अरुलाई पनि मत प्रभावित पार्ने उम्मेद्वार छान्ने गरी दाङ २ क को प्रदेश सभा सदस्यमा छलफल चलाएको छ । त्यसमा अहिले यसअघि एमालेकै समानुपातिक प्रदेश सभाषदका उम्मेद्वार वनि सकेका वलिभद्र रानाको चर्चा छ । राना एमाले महासचिव पोखरेलका विश्वासपात्र हुन् ।

SPONSORED

एमालेले सो क्षेत्रवाट मत तान्न सक्ने र जनजाति समुदायको वाहुल्यता भएकाले एमाले लुम्विनि प्रदेश कमिटि सदस्य तथा घोराहीका पुर्व मेयर रानालाई चुनावि मैदानमा उतार्ने तयारी गरेको छ । पोखरेल र रानाको सिङ्गल नाम पठाउने तयारी भइरहेको एमाले दाङको स्रोतले जनाएको छ । राना एमालेकोतर्फवाट चुनाव जित्ने रणनितिका साथ प्रस्तुत भएका छन् । राना यसअघि पनि सोही क्षेत्रवाट एक नम्वरमा सिफारीस भएका थिए । पछि एमालेका नेता पोखरेल आफ्नो क्षेत्र छाडेर २ क मा आएपछि राना आफै ब्याक भएका थिए । रानाकै अगुवाईमा वङ्गलाचुलि गाँउपालिकामा काग्रेसका वडा अध्यक्ष, वडा सदस्य केही दिन अघि प्रवेश गरे भने माओवादि नेतृ तथा वङ्गलाचुलि गाँउपालिकाकै उपाध्यक्ष भइसकेकि यमुना थापालाई पनि एमालेमा भित्र्याए । माओवादिको अखडा मानिएको घोराही ७ जवरपुरमा पनि केही माओवादिका राम्रै नेताहरु पनि उनले एमालेमा प्रवेश गराएका छन् ।

SPONSORED

प्रदेश सभा सदस्यका वलियो दावेदार रहेका राना टिकट फीक्स भइसकेपछी अझै पार्टि प्रवेश गर्नेहरुको आफुसंग लिष्ट रहेको बताए । त्यस्तै दाङ क्षेत्र नम्वर २ ख मा टिकट पाउने वलियो सम्भावना एमाले लुम्विनि प्रदेश सचिव लक्षण आचार्य रहेको छ । यसअघि पोखरेल प्रदेश सभा सदस्यको चुनाव लड्दा आचार्य चुनावि कमाण्डर बनेर हिडेका हुन् । आचार्य अखिलको केन्द्रिय सचिव भइसकेको र उनका सहकर्मि विद्यार्थि राजनिति गर्नेहरु अहिले एमालेको केन्द्रिय सदस्य भइसकेका छन् । उनि यसअघि संविधान सभा सदस्य पनि चुनाव लडिसकेका छन् । उनि पछि एमालेका जिल्ला अध्यक्ष भएका एमालेका पोलिटब्युरो सदस्य नरुलाल चौधरी घोराहीको २ चोटि मेयर भइसके । त्यतिमात्रै नभई टिकाराम खड्का पनि अहिले तुलसिपुरको मेयर बनिसकेका छन् । आचार्य पार्टिभित्र र वाहीर लोकप्रीय, इमान्दारको छवि बनाएका छन् । पार्टिभित्र यसअघि माधव नेपाल समुहमा रहेकाले त्यो समुहलाई सन्तुलनमा राख्नका लागि पनि आचार्यले टिकट पाउने वलियो सम्भावना छ । काग्रेसवाट मात्रै दाङ क्षेत्र नम्वर २ क मा एक दर्जन बढि नेताहरु आकाङ्क्षि देखीएका छन् ।

SPONSORED

काग्रेसका अनुसार प्रदेशमा प्रत्यक्ष तर्फ आकांक्षीहरुमा कमल किशोर घिमिरे ,खगराज पाण्डेय,गोपाल राज शर्मा, अर्जुन श्रेष्ठ, कमान सिॅह भारती,दामोदर के सी र दुर्लभ के सी रहेका छन। त्यसैगरी समानुपातिक तर्फ भुप बहादुर डांगी,बम बहादुर डि सी,ध्रुब ज्ञवाली,शुसिला थापा,पुष्पा श्रेष्ठ,महेश श्रेष्ठ,साबित्रा राना,ध्रुब कुमार पुन,केशब नेपाली,लिला नेपाली,बुझौना चौधरी,देव कुमार नेपाली,डन्डीराम बिकले सिफारीसको लागी अनुरोध गरेका थिए। काग्रेसको निति अनुसार संघ र प्रदेशतर्फ एक जना महीलासहीत ३ जनाको नाम सिफारीस गर्न निर्देशन समेत दिइसकेको छ । त्यस्तै दाङ क्षेत्र नम्वर २ ख मा काग्रेसवाट अघिल्लोपटक प्रदेश सभा सदस्यमा हारेका भरतबहादुर न्यौपाने फेरी उम्मेद्वार बन्न चाहेका छन् । उनका छोरा काग्रेस लुम्विनि प्रदेशका प्रवक्ता प्रचण्ड न्यौपाने गुन्टुको पनि वुवाले छोडेको खण्डमा आफै उठ्ने तयारीमा छन् । त्यस्तै काग्रेसका प्रदेश सांसद डिल्ली चौधरीको स्वकीय सचिव भएर काम गरेका दाङ क्षेत्र नम्वर २ का क्षेत्रीय सचिव हिमबहादुर डाँगिले पनि प्रदेश सभा सदस्यमा दावि गरेका छन् । त्यस्त दावि गर्नेहरुमा काग्रेसका नेता निर्मल डाँगि, अभियान वस्नेत पनि रहेका छन् ।

hospital dang ghorahi