घोराही । नेपाली कांग्रेस क्षेत्र नं २(क) को भेला संगै प्रदेश सांसद सिफारिस प्रकृया शुरु भएको छ ।
नेपाली कांग्रेस दाङ जिल्ला क्षेत्र नं २(क) ले आफ्नो प्रदेश भित्र पर्ने महाधिबेशन प्रतिनिधि ,प्रदेश प्रतिनिधि,लगायत जिल्लाका नेताहरु सहितको भेला सम्पन्न गरेको छ।
नेपाली कांग्रेस क्षेत्र नं २(क) का सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमा आकांक्षीहरु भने धेरै देखिएका छन। दाङ २(क)बाट प्रत्यक्ष तर्फ आकांक्षीहरुमा कमल किशोर घिमिरे ,खगराज पाण्डेय,गोपाल राज शर्मा,अर्जुन श्रेष्ठ, कमान सिॅह भारती,दामोदर के सी र दुर्लभ के सी रहेका छन। त्यसैगरी समानुपातिक तर्फ भुप बहादुर डांगी,बम बहादुर डि सी,ध्रुब ज्ञवाली,शुसिला थापा,पुष्पा श्रेष्ठ,महेश श्रेष्ठ,साबित्रा राना,ध्रुब कुमार पुन,केशब नेपाली,लिला नेपाली,बुझौना चौधरी,देव कुमार नेपाली,डन्डीराम बि. क ले सिफारीसको लागी अनुरोध गरेका थिए।
कार्यक्रममा लम्बिनी प्रदेश उप सभापति राजु खनाल,प्रदेश सह महीमन्त्री खगराज पाण्डेय ,जिल्ला सभापति शंकर डांगी, पुर्ब पार्टी सभापतिहरु मोहन वली,बीरकेशरी गौतम,क्षेत्र नं २ का सभापति भिम प्रकाश खड्का लगायतले आ आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा सभापति आफैले सिफारीस गर्ने बिधि -बिधान र प्रकृयाको बारेमा प्रकाश पार्नु भएको थियो। नेपाली कांग्रेस २(क) का सभापति प्रकाश श्रेष्ठको सभपातित्वमा भएको सो कार्यक्रमरो सहजिकरण नेपाली कांग्रेस २(क) का सचिव शिशिर अधिकारीले गर्नु भएको थियो।
SPONSORED
SPONSORED