कांग्रेस क्षेत्र न. २ क को घुम्ती बैठक : राजु खनालले भने- मुलुक बचाउन गठबन्धन आबश्यक !

घोराही । नेपाली कांग्रेस क्षेत्र नं २ (क) को घुम्ति बैठक-अन्तरकृया कार्यक्रम संगै “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रम प्रारम्भ भएको छ ।
घोराही उपमहानगर पालिका वडा नं १८ को मसिनामा भव्य कार्यक्रमका बीच अभियानको सुरु भएको हो ।

नेपाली काग्रेस क्षेत्र नं २ (क)का सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्विनि प्रदेसका उप सभापति राजु खनालले देश र जनताको हितमा र आर्थिक रुपले समृद्ध राष्ट्र निर्माणको लागि नेपाली कांग्रेस निर्विकल्प रहेको प्रमाणीत भइसकोकोले सम्पूर्ण नेता कार्यकर्ता अव निर्वाचनको तयारीमा जुट्न अपिल गरे। नेता खनालले अनुशासन बिना कोहि पनि अगाडी बढ्न नसक्ने भएको सबैले अनुशासीतलभएर एक अर्काको अस्तित्व स्विकार गरेर एकढिक्का भएर अगाडी बढ्न सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान गरे। उनले मुलुक बचाउन गठबन्धन आबश्यक रहेको कुरामा जोड दिए ।
सो कार्यक्रमका बिशिष्ट अतिथि नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भिमप्रकास खड्काले मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेस को निर्वाचनलाई उत्साहका साथ पर्व को रुपमा लिन र आफ्ना उमेदवारको पक्षमा कुनै द्वेस नराखी निर्वाचनको तयारीमा लाग्न आह्नान गरे ।
कार्यक्रमम कांग्रेस महाधिबेसन प्रतिनिधिहरु बद्री खड्का ,किरण किशोर घिमिरे,गोपाल राज शर्मा,नेपाली कांग्रेस जिल्ला कार्य समिति दाङका सदस्य बिर बहादुर खत्री,क्षेत्र नं २ का सचिब हिम बहादुर डागी,क्षेत्र नं २ का सदस्य मधुसुदन अधिकारी,घोराही १८ का सभापति केशर रावत,क्षेत्रीय प्रतिनिधि मधु हमाल ,मङ्गल घर्ती,गणेश बेलवासे लगायतले आ-आफ्नो धारणा राखे।

SPONSORED

सो अवसरमा हल तथा चिया खाजा ब्यवस्थापन गर्नुहुने क्षेत्रीय प्रतिनिधि बिक्रम कुवरलाई सम्मान गरिएको थियो। नेपाली काग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सचिव माया कुमारी पोखरेलको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण अर्का सचिव शिशिर अधिकारीले गरेका थिए।

SPONSORED

SPONSORED

hospital dang ghorahi