घोराही । काग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले पार्टिका शिर्ष नेताहरुलाई स्थानिय तहको मतको आधारमा सिट वाडफाड गर्न आग्रह गर्दै यदि त्यसो हुन नसके काग्रेसमा विद्रोह र निराशाको भाव आउने अभिब्यक्ती दिएका छन् ।
‘गठबन्धनले सिट बाडफाडको टुङ्गो लगाएको छैन, सिटको टुङ्गो लगाउदा स्थानीय निर्वाचनको मतलाई बिर्सनु हुँदैन, होइन भने गठबन्धनबाट पनि चुनाव जिताउन गाह्रो हुन्छ, संगठनमा बिद्रोहको भाब आउन सक्छ , नेता कार्यकर्ताहरुमा निराशा हुन सक्छ भन्ने सकारात्मक सोचले लेखेको मेरो स्टाटसलाई बङग्याएर मन्त्री मेटमणी चौधरीजीको नामै उल्लेख नगरेको सन्दर्भलाई नामै किटान गरेर उहाँलाई मैंले चुनौती दिएको बिषय बनाएँ भन्ने कुरा भ्रमित प्रचार बाजी मात्र हो–उनले फेसवुकमा लेख्दै भनेका छन्–‘उहाँको पार्टीले पनि उहाँ उठ्ने कि नउठ्ने टुङ्गो पनि लगाएको छैन, मैंले कुनै व्यक्ति विशेषको कुरा किन गरु,केवल सैद्धान्तिक कुरा मात्र राखेको थिएँ। यसलाई फरक तरिकाले ब्याख्या गरिदिदा दुःख लाग्छ। जयनेपाल’
SPONSORED
SPONSORED