काग्रेसका महाधिवेसन प्रतिनिधि किरण किशोर घिमिरेको दावि–‘संघमा हाम्रो वलियो दावि छ’

दाङ । नेपालि काग्रेसका महाधिवेशन प्रतिनिधि किरण किशोर घिमिरेले दाङ क्षेत्र नम्वर २ र १ मा आफुहरुको दावि रहने बताएका छन् । उनले घिमिरे परीवारले काग्रेसको राजनितिमा ठुलो योगदान पु¥याएको भन्दै दुवै क्षेत्रमा जहाँ भएपछि एक सिटमा आफुहरुको दावि रहने बताए । संघमा उठ्ने भएमा दाङ क्षेत्र नम्वर २ र १ मध्येवाट आफ्नो दाजु पुर्व सांसद कृष्णकिशोर घिमिरे नै चुनाव लड्ने बताए ।

उनले आफ्नो दावि पनि संघमा रहेको र पार्टिको इकाइ कमिटि हुँदै क्षेत्र र जिल्ला कमिटिवाट आफ्नो नाम केन्द्रमा संघमै सिफारीस हुने पनि बताए । तर, उनले संघमा कृष्णकिशोर समानुपातिकमा परेको खण्डमा भने दाङ क्षेत्र नम्बर २ क वाट प्रदेश सांसमा कमल किशोर घिमिरे नै चुनाव लड्ने बताए । यसअघि काग्रेसको महाधिवेसनमा दाङको क्षेत्र नम्वर ३ वाट काग्रेस नेतृ वहिनि कविता घिमिरे, २ वाट भाई कमलकिशोर घिमिरे, १ वाट दाजु कृष्ण किशोर घिमिरे र किरणकिशोर घिमिरे भारी मत ल्याएर विजयि भएका हुन् ।

SPONSORED

उनले दाङ क्षेत्र नम्वर २ वाट संघमा सत्ता गठवन्धनवाट कृष्णबहादुर महरा उठेको अवस्थामा २ क वाट प्रदेश सांसदमा अघिल्लो पटक हारेका हिसावले पनि कमल किशोर नै चुनाव लड्ने गरी तयारी गरेको बताए । काग्रेसमा संघमा महरा उठेको खण्डमा अघिल्लो पटक महरासंगै हारेका राजु खनालको ब्यवस्थाप पनि सकस नै छ । यद्यापि खनालले आफ्नो संघमा दावि रहेको वताइ रहदा उनि निकट नेताहरु भने प्रदेशको उप सभापति भएकाले कथाले मागेको अवस्थामा प्रदेशमा आउने सम्भावनालाई नकार्न नसकीने बताउछन् ।

SPONSORED

दाङ क्षेत्र नम्वर २ क मा प्रदेश सभा सदस्यमा काग्रेसवाट महाधिवेशन प्रतिनिधि गोपालराज शर्मा, काग्रेसकै लुम्विनी प्रदेशका सह–महामन्त्रि खगराज पाण्डे, जिल्ला उप सभापति कमानसिंह भारति लगाएतको वलियो दावि रहदै आएको छ ।

SPONSORED

hospital dang ghorahi