मेटमणिलाई चुनौती दिदै कांग्रेस केन्द्रिय सदस्य योगेन्द्र चौधरीले भने-`कांग्रेस कार्यकर्ताले बिद्राेह गर्न बाध्य हुनेछन !

घोराही । कांग्रेस केन्द्रिय सदस्य योगेन्द्र चौधरीले शहरी बिकास मन्त्री मेटमणि चौधरीको नाम नलिई घुमाउरो पारामा मेटमणिलाई गठबन्धनको नाममा टिकट दिएको अबस्थामा कांग्रेसका नेता, कार्यकर्ताले बिद्रोह गर्ने चेतावानी दिएका छन ।

उनले सामाजिक सन्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै भनेका छन-` दाङमा संघीय निर्वाचन क्षेत्र ३ वटाछ । यि मध्ये स्थानीय निर्वाचनको परिणाम हेर्ने हो भने सबैभन्दा बलियो नेपाली कांग्रेस को लागी निर्वाचन क्षेत्र नं १ हो । नेपाली कांग्रेस को लागी जिवन अर्पण गर्ने तमाम योग्य नेता हरुको लर्को छ।तर गठबन्धनको नाममा स्थानिय निर्बाचन मा २३०० मत पाउने पार्टीको नेताले टिकट पाउने र २९ 000 मत पाउने पार्टीका नेताले टिकट नपाउने स्थिति बनेमा नेपाली कांग्रेसको ईतिहासमा दुर्भाग्य हुनेछ। कुन ब्यक्तिले टिकट पाउने गौण विषय त होइन, तथापि न्यायोचित निर्णय नभए बिद्रोह गर्ने अधिकार कार्यकर्तालाई हुन्छ। १०० मा केही भाग थप्न सकिन्छ। तर, १० मा ९० थप्न सकिदैन । ब्यबहारिक पनि हुन सक्दैन। त्यसैले गठबन्धनको नाममा संगठन केही होइन भन्ने बिचलन कुनै नेता मा आउनु हुदैन। जयनेपाल ।´

SPONSORED

SPONSORED

hospital dang ghorahi