दाङ । नेकपा एमालेका युबा नेता, प्रदेश कमिटि सदस्य बलिभद्र राना दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा उठ्ने निश्चित जस्तै बनेपछि उनि आफ्नो राजनितिक शक्ति बढाउन लागि परेका छन ।
यसअघि नेकपा एमालेका महासचिब शंकर पोखरेल सोही क्षेत्रबाट चुनाब लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका हुन । पोखरेल प्रदेश सभा सदस्य लड्दा बलिभद्र जनजाती कोटाबाट समानुपातीकतर्फको प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका थिए । बलि त्यो बेला पनि प्रत्यक्ष चुनाब लड्ने गरि पार्टीको जिल्ला कमिटिले पहिलो नम्बरमा राखेर सिफारिस गरेको थियो ।
SPONSORED
अन्तिममा शंकरले आफ्नो चुनाबि क्षेत्र छाडेर दाङ क्षेत्र नम्बर २ क बाट चुनाब लड्ने निर्णयमा पुगेपछि बलि आफै ब्याक भएर समानुपातिकमा बसेका थिए । पार्टी टुटफुटकाक्रममा पनि शंकरकै बिश्वासिलो पात्र भएकाले एमाले छाडेनन् । पार्टी कठिन मोडमा पुगेको बेला पनि बलि आफै दर्होसाथ एमालेको मोर्चामा लागेर शंकरको बिश्वास जितेका छन ।
SPONSORED
यसपाली प्रत्यक्षमा संघतर्फ चुनाब लड्ने शंकरले तयारी गरेपछि निश्चय नै प्रदेशतर्फ यो क्षेत्रको चुनाब पनि चासो चारैतिर छ । प्रदेश निर्माण ब्यबसायी महासंघको अध्यक्ष समेत भएका उनि यसपाली प्रत्यक्ष चुनाब लड्ने गरि चुनाबी मोर्चासहित कसेका छन । स्थानिय तहको चुनाबमा पनि उनि त्यत्तिकै आफै खटिए ।
SPONSORED
नतिजा हात पार्न नसकेपनि एमालेको उपस्थिती दरिलो साथ बढाए। एमालेको १८ सय मतबाट ३७ सय मत पुर्याउन बलिले निकै फिल्डमा खटिएर मेहनत गरे । उनले बङ्गलाचुलीबाट यसपाली संघ र प्रदेशको चुनाबमा एमालेले जितेर आउने दाबी समेत गरे । उनकै पहलमा पार्टी प्रबेश कार्यक्रम ब्यापकरुपमा चलेका छन । उनले अहिलेको पार्टी प्रबेशलाई काष्टिङ मात्रै रहेको एमालेले उम्मेद्वार टुङ्गाे लाग्नासाथ प्रबेश गर्नेहरुको लिष्ट नै लिएर आफु बसेको बताए ।
उनले बङ्गलाचुलिबाट करिब अहिलेको मत बढाएर थप २ हजार मतले जितेर आउने गरि गृहकार्य भइरहेको र सोहि अनुसार पार्टीका गतिबिधी अघि बढिरहेको सुनाए। उनले बङ्गलाचुलीमा स्थानिय तहको चुनाबमा हारेका कांग्रेस र माओबादीका उम्मेद्वारलाई आफ्नै पहलमा पार्टी प्रबेश गराएका थिए ।
केही दिन अघि मात्रै बङ्गलाचुली ८ कै कांग्रेसकै वडा सभापती र वडा सदस्यलाई बलिले आफै काठमाडौं लगेर पार्टी महासचीब शंकरबाट नै प्रबेश गराए । त्यस्तै आज माओबादी नेतृ तथा बङ्गलाचुलि गाउँपालिका उपाध्यक्ष यमुना थापा मगर र अर्का माओबादी नेता लुमाकान्त घर्तिलाई बलिले आफ्नै पहलमा पार्टी अध्यक्ष केपि ओलि र महासचीब पोखरेलबाट पार्टी प्रबेश गराए । पार्टी प्रबेश कार्यक्रमले बलि आफै नै उत्साहित छन ।
यसपाली चुनाब जसरी पनि जित्ने गरि आफुले तयारी गरेको उनले बताए । टिकटमा आफ्नो पनि आकाङ्क्षा रहेको, तर, पार्टीले गर्ने अन्तिम निर्णय नै आफुलाई मान्य हुने पनि बताए।