दाङ । नेकपा एमाले भित्र शालीन, इमान्दार, भद्र र राजनितिमा निष्ठावान नेताकोरुपमा परिचित लक्ष्मण आचार्य अहिले प्रदेश सभा सदस्यको उम्मेद्वारकोरुपमा दौडमा छन । उनि दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यको बलियो दाबेदारी प्रस्तुत गरेका छन । यसअघि नेता आचार्य संविधान सभा सदस्यमा एमालेबाट चुनाब लडेका थिए । झिनो मतले उनि त्यो बेला पराजित भए । अहिलेसम्म आचार्य कुनै लाभको पदमा गएका छैनन ।
बिद्यार्थी नेताकारुपमा स्थापित उनि पार्टी राजनितिमा होमिएका हुन । अखिलको केन्द्रिय सचिब समेत भएर काम गरेका आचार्यका समकालीन नेताहरु पार्टीका केन्द्रिय नेता भइ सकेका छन । एमाले दाङका जिल्ला अध्यक्ष हुुँदै अहिले एमाले लुम्बिनी प्रदेेेश कमिटि सचिबको जिम्मेवारीमा छन । पार्टि भित्रको राजनितिक हाईट उनको बलियो नै छ । सुरुमा पार्टीको जिल्ला अध्यक्ष हुुँदा उनि केपि शर्मा ओलि पक्षमा थिए ।
SPONSORED
दोस्रोपटक जिल्ला अध्यक्षमा चुनाब लड्दा उनलाई जिल्लामा केपि ओलि समुहले साथ दिएन । ओलि समुहबाट जिल्ला अध्यक्षमा नरुलाल चौधरीले चुनाब जिते । चौधरी केन्द्रिय सदस्य हुँदै पोलिटब्युरो सदस्य भइसक्दा उनले दुइ पटक घोराहीको मेयर भए । त्यतीमात्रै नभई आचार्य पछि जिल्ला अध्यक्ष भएका टिकाराम खड्काले पनि अहिले लाभको पद पाए । खड्का अहिले तुलसीपुर उपमहानगरको मेयर भइसकेका छन । एमालेका महासचिब शंकर पोखरेल यसअघि दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा चुनाब लड्द आचार्य पोखरेलको चुनाबी कमाण्डर बनेका थिए ।
SPONSORED
आचार्य नेकपा हुँदा माधब नेपाल समुहतिर खुले । पार्टी फुट्दा अन्तिममा आचार्यको टिम एमालेमा लागे ।
SPONSORED