बङ्गलाचुलिमा कार्यकर्ता भेटघाट कार्यक्रममा राजु खनालले भने – देशका लागि गठबन्धन आबश्यक छ !

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले पार्टी र जनप्रतिनिधीबीचकाे समन्वय र सहकार्य आवश्यक रहेकाे बताएका छन ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) ले बंगलाचुली गाँउपालिकाकाे कमिरेचाैरमा जनप्रतिनिधी र नेपाली कांग्रेसबीच आयाेजना गरेकाे अन्तरक्रीया कार्यक्रममा बाेल्दै उपसभापति खनालले विकास निर्माण र सामाजिक रूपान्तरणकालागी पार्टी र जनप्रतिनिधीबीच सहकार्य र समन्वय हुन आवश्यक भएकाे बताए ।

SPONSORED

संविधान सभा सदस्य समेत रहनुभएका खनालले गठबन्धन देशकाे आवश्यकता भएकाे बताए । लिने र दिने अवधारणाका साथ नेपाली कांग्रेस अन्य दलसँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेकाे उनले बताए ।

SPONSORED

बिगतकाे निर्वातनमा भएकाे समीक्षा गर्दै कमीकमजाेरीलाई सच्याउदै शंक्ती सञ्चयकासाथ आगामी निर्वाचनकाे तयारीमा लाग्न सम्पूर्ण नेता कार्यकर्तामा अनुराेध गरे । बंगलाचुली गाउपालिका पहाडी गाँउपालिका भएकाले पनि विकासमा केही पछि परेकाले यस क्षेत्रकाे विकासका लागी सबै हातेमालाे गरेर विकास निर्माणमा लाग्न खनालकाे अनुराेध गरे ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) का सभापति प्रकाश श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह-महामन्त्री खगराज पाण्डेले नेता कार्यकर्तालाई क्रियाशील बनाउनका लागी प्रशिक्षण र उत्प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्न अनुराेध गरे ।
अर्का विशिष्ठ अतिथि नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले कांग्रेसलाई बनाउनका लागी वडा समिति क्रीयाशील हुन आवश्यक रहेकाे बताए । वडा समिति पार्टीकाे जग भएकाले जग बलियाे बनाएर आगामी निर्वाचनकाे तयारीमा लाग्न सम्मूर्ण नेता कार्यकर्तामा अनुराेध गरे ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति माेहनलाल वली, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सचिव आर.के.शीतल, नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधी पूर्णबहादुर मल्ल, बंगलाचुली गाउपालिकाका उपाध्यक्ष भक्तबहादुर जि.सी, नेपाली कांग्रेस बंगलाचुली गाँउपालिका सभापति जागेश्वर अधिकारीले मन्तव्य व्यक्त गरे ।
बंगलाचुली गाउपालिका १ का अध्यक्ष बिष्णु कवर, वडा नम्बर २ का अध्यक्ष मैते पुन, वडा नम्बर ४ का अध्यक्ष डासबहादुर डाँगी, ५ का वडा सदस्य डम्बर बैजाली, ६ का अध्यक्ष डाेमबहादुर खत्री, सदस्य हिमाल महरा, कार्यपालिका सदस्य गणेश विश्वकर्माले जनप्रतिनिधी भएपछिमा अनुभव व्यक्त गरे ।

SPONSORED

यस्तै बंगलाचुली गाँउपालिका १ का सभापति बिनाेद गाैतम, २ का कार्यवाहक सभापति ईश्वर राेका, ३ का सभापति गिरबहादुर डाँगी, ४ का सभापति शिवराज परियार, ५ का सभापति केशव जिसी, ६ का सभापति हिराबहादुर घर्ति, ७ का सभापति तेजबहादुर खत्री, ८ का सभापति ज्ञानबहादुर वलीले स्थानीय तह निर्वाचनकाे समीक्षा गर्दै आगामी निर्वाचनका विषयमा भनाई राखेका थिए ।
क्षेत्र नम्बर २ ‘क’ का सचिव माया पाेख्रेलकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव शिशिर अधिकारीले गरेका थिए ।

hospital dang ghorahi