दाङ क्षेत्र नम्बर २ ख को प्रदेश सभा सदस्यको लागि कांग्रेसबाट बाबु छोरा नै दौडमा

दाङ । कांग्रेसका पुराना नेता भरतबहादुर न्यौपाने नै दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यमा बलियो दाबेदार रहेका छन । न्यौपाने अघिल्लो पटक चुनाब लडेर हारेका हुन । यसपालीको चुनाबी दौडमा न्यौपाने अघि सरेका छन ।

न्यौपानेका छोरा कांग्रेस नेता प्रचण्ड न्यौपाने गु्ण्टु पनि बाबुले दाबी छाडेको खण्डमा आफु नै अघि बढ्ने योजनामा छन ।  कांग्रेस लुम्बिनी प्रदेशका प्रबक्ता गुण्टुले बुवाले उठ्ने योजना बनाएमा आफ्नो दाबी नरहने बताए । बुवाले दाबी छोडेको खण्डमा आफु पनि प्रदेश सभा सदस्यको आकाङ्क्षि रहेको सुनाए । सो क्षेत्रबाट प्रदेश सभा सदस्यको दाबेदारिमा निर्मल डागि, अभियान बस्नेतको रहेको छ ।

SPONSORED

SPONSORED

hospital dang ghorahi