दाङ । नेपाली कांग्रेसका प्रभाबशाली नेता स्व. खुमबहादुर खड्काका सुपुत्र अनुराग खड्काले देउखुरीबाट संघमा टिकटको दाबी गरेका छन ।
उनले आफु वा आमा शिला खड्का मध्ये एक जना दाङ क्षेत्र नम्बर १ बाट संघमा चुनाब लड्ने दाबी गरे । आफुहरुले निकटबर्तिहरुसंग सल्लाह गरि राखेको पनि उनले जानकारी दिए । बुवाको रानितिक बिरासत र दाङप्रती देेेखाएको माया, सदभाब कायम गर्नका लागि आफुहरुको दाबी अपरिहार्य रहेको उनले बताए ।
SPONSORED
अनुरागले आफुहरुको दाबी बारे बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउबा र उनकि पत्नि आरजु रानालाई भनिसकेको र उहाँहरु सकारात्मक रहेको पनि सुनाए ।
SPONSORED
देउखुरीका सबै सिनियर नेतालाई मिलाएर लैजाने र गठबन्धन भएकाले पार्टिले गर्ने अन्तिम निर्णय आफुहरुलाई मान्य हुने उनले बताए । खुमबहादुर पत्नि शिला यसअघि आफै पनि समानुपातिक सभाषद हुन । अहिले शिला कांग्रेसको केन्द्रिय सदस्यको जिम्मेवारीमा पनि छिन ।
SPONSORED