सत्तारुढ गठबन्धनबाट महरा अघि सरेपछि राजु खनाललाई सकस, खनालको २ क को प्रदेश सभा सदस्यको टिकट पाउन सक्ने !

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा छन् । प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बन्न सफल उनी हाल पार्टीको महासचिव छन् । त्यसैले पनि उनी अब प्रदेश छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेका हुन् ।

दाङ क्षेत्र नम्बर २ (क) बाट २०७४ सालको स्थानीय निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित उनी आसन्न निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने बताइएको छ । योसँगै २०७४ मा उनी निर्वाचित भएको प्रदेशसभा क्षेत्र दाङ–२ (क) मा एमालेबाट को उम्मेदवार बन्छ भन्नेबारे पनि लेखाजोखा हुन थालेको छ ।

SPONSORED

उनले अहिले आफ्नो क्षेत्रमा चुनाव जित्ने विश्वासिलो पात्रको खोजी गरिरहेको एमालेका नेताहरु बताउँछन् । उनले जितेको दाङ–२ (क) मा एमालेबाट बलिभद्र राना र सीता न्यौपानेमध्ये कोही उम्मेदवार बन्न सक्ने चर्चा छ ।

SPONSORED

राना एमाले लुम्बिनी प्रदेश सदस्य तथा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष हुन् । एमालेका रास्ट्रिय महाधिबेशन प्रतिनिधी समेत रहेका राना घोराहीका पुर्ब मेयर पनि हुन । यस्तै न्यौपाने घोराही उपमहानगरपालिकाको पूर्व उपमेयर हुन् । यस्तै दाङ क्षेत्र नम्बर २ (ख) बाट एमाले प्रदेश सचिव लक्ष्मण आचार्य, केन्द्रीय अनुशासन आयोग सदस्य छविलाल ओली, प्रदेश सदस्य गिरीराज केसी उम्मेदवार बन्ने चर्चा छ ।

SPONSORED

‘हेभी वेट’ भिडन्तको सम्भावना

दाङ क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको चुनाव क्षेत्र हो । २०७४ को निर्वाचनमा महरा सो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । अहिले अवस्था फरक छ ।

यतिबेला पाँच दलीय गठबन्धन एकातिर छ भने एमाले अर्कोतिर छ । पाँच दलीय गठबन्धनबाट यस पटक महरा नै दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने सम्भावना छ । त्यो अवस्थामा एमालेका महासचिव शंकर पोखरेललाई चुनाव जित्न त्यति सहज भने देखिँदैन ।

अघिल्लो निर्वाचनमा महराले काँग्रेसका उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाएका थिए भने खनालले २५ हजार ८९७ मत पाएका थिए ।

त्यो बेला एमाले र माओबादी मिलेर चुनाब लडेका थिए । अहिले चुनाबि गठबन्धन भने फेरिएको छ । गठबन्धनबाट महरा अघि सर्न थालेपछि पुर्ब संविधान सभा सदस्य राजुले संघिय चुनाबमा टिकट पाउने सम्भाबना स्वाभाबिकरुपमा कम छ । महराले संघिय चुनाबमा टिकट पाएमा राजुको ब्यबस्थापन गर्नुपर्ने अबस्थामा उनले दाङ क्षेत्र नम्बर २ क मा कांग्रेसबाट प्रदेश सभा सदस्यमा टिकट पाउने सम्भाबना बलियो छ । तर, प्रदेश सभा सदस्यमा कांग्रेस भित्र नै टिकट ल्याउन नेताहरुको दौडधुप छ । कांग्रेस सह महामन्त्री खगराज पाण्डे पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा बलियो प्रतीष्पर्धा बनेर उदायका छन । यसैगरेर अघिल्लोपटक हारेका प्रदेश सभा सदस्यका उम्मेद्वार कमल किशोर घिमिरे पनि फेरि प्रदेश सभा सदस्यको बलियो दाबेदार हुन । त्यस्तै कांग्रेसबाट महाधिबेशन प्रतिनिधी गोपालराज शर्मा पनि प्रदेश सभा सदस्यको दौडमा छन । तर, माओबादीले राजुलाई मुख्यमन्त्री बनाएर प्रदेश सभा सदस्यमा उठाउने रणनीति बनाएको छ ।

गत निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा निर्वाचित एमालेका अमर डाँगी हाल माओवादी केन्द्रमा छन् । यसले गर्दा एमालेलाई दाङ क्षेत्र नम्बर २ (ख) प्रदेशसभा सिटमात्र नभएर प्रतिनिधिसभातर्फ समेत अप्ठ्यारो पर्न सक्ने अनुमान गरिएको छ ।

पोखरेलले आफूलाई पाखा लगाएको भन्दै डाँगी प्रदेश सांसदबाट राजीनामा दिएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनी अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजनीतिक सल्लाहकार छन् ।

hospital dang ghorahi