खनाल समुहले उठाउने उम्मेद्वारलाई सहयोग नगर्ने खुमबहादुर समुहको निर्णय
दाङ । कांग्रेस नेता स्व. खुमबहादुर खड्काको समुहको नाममा विहिबार छुट्टेै भेला भएको छ ।
SPONSORED
खुमबहादुर समुह र सस्थापन पार्टी सभापती शेरबहादुर देउबा समुह मिलेर दाङ क्षेत्र नम्बर २ को पार्टी महाधिबेशन प्रतिनिधिमा चुनाबमा लडेर पनि हार बेहोरेपछि पराजित नेताहरु र उक्त समुहका नेताहरुको उपस्थिती भेलामा थियो । कांग्रेस नेता भरतबहादुर न्यौपानेको संयोजनमा घोराहीको भ्रिङ्ग्रेलि रिसोटमा घोराही, लमहि र तुलसीपुरबाट नेता, कार्यकर्ताको जमघट थियो । सयौं नेता, कार्यकर्ताहरु जम्मा भएको भेलामा बोल्दै नेता न्यौपानेले पार्टीको चुनाब मिलेर लडेपनि धोका भएको भन्दै जिल्लाको चुनाबमा खुमबहादुर समुहको छुट्टेै समुह बनाएर चुनाबी मैदानमा उतार्नु पर्ने बताए ।
SPONSORED
उनले संविधान सभा सदस्य राजु खनाल र निबर्तमान क्षेत्रिय सभापती भुपबहादुर डागिको समुहले खुमबहादुर समुहलाई धोका दिएकाले जिल्लाको चुनाबमा मिलेर जान नसकिने स्पष्ट पार्दै उनिहरुलाई कुनै पनि हालतमा सहयोग गर्न नसकिने बताए । असलि खुमबहादुरको समुह आफुहरु मात्र भएको भन्दै बाघको छाला ओढेर स्यालले रजाइ गरेको उनले टिप्पणि गरे ।
SPONSORED
आफ्नो समुहबाट जिल्ला सभापतिसहित पदाधिकारि र सदस्य छान्न ३ वटेै निर्बाचन क्षेत्रबाट समेटेर कार्यदलसमेत बनाएका छन । जिल्ला समितिमा आफ्नो बलियो उपस्थिती गराउन र खुमबहादुर समुह बचाइ राख्न भेला गरिएको र भोलि बसेर उम्मेद्वारी टुङ्गाे लगाइने सो समुहले जनाएको छ । खुमबहादुर समुहको भेला भनेपनि खुमबहादुर निकट गेहेन्द्र गिरि, अर्जुन श्रेष्ठसहितका नेताहरुको भने उपस्थिती थिएन् । भेलामा उपस्थित नभएका खुमबहादुर निकट नेताहरुसंग छलफल गरेर सबै टुङ्गाे लगाउने नेता न्यौपानेले बताए । त्यस्तै सो समुहका नेता बुद्धिराम भण्डारिले पनि खुमबहादुर समुहलाई बर्खराट राख्न सबै मिलेर जानुपर्ने र जिलाको चुनाबमा कार्यगत एकता वा सम्माजनक उपस्थितिलाइ प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताए । त्यहा उपस्थित सबैले आ-आफ्नो बिचार राखेका थिए ।
सभापतीको उम्मेद्वार छान्न र महाधिबेशन प्रतिनिधीमा चुनाबमा पराजित भएपछि समिक्षा बैठक पनि भएको थियो । उनिहरुले धेरै बिश्वास गर्दा आफुहरुमाथि घात भएको बताएका थिए । महाधिबेशनमा पराजीत भएका पुर्ब जिल्ला सभापती घनस्याम रेग्मी, नेताहरु भरतबहादुर न्यौपाने, रणबहादुर पछाई, श्याम सुवेदी, सुशिला चौधरी, बुद्धिराम भण्डारि, सर्बजित डागि, प्रदिप थापा, मोहनलाल वलि, नारायण बिसि, नेतृहरु मञ्जु बज्राचार्य, चन्द्रप्रसाद चौधरी, बाबुराम बिस्वकर्मा, तारा डिसि, भरत केसि, प्रदिप खड्का, निर्मल न्यौपाने लगायतका तिनवटै निर्बाचन क्षेत्रका पराजित उम्मेद्वार र खुमबहादुर निकटहरुको उपस्थिती बाक्लो थियो ।