स्थायी राजधानी बारे मुख्यमन्त्री शंकर पोखरेलले भने-चुनावको बेला मैले के बोलें भन्ने बिर्सिसके, तपाईहरुले पनि विर्सिनुस!

स्थायी राजधानी बारे मुख्यमन्त्री शंकर पोखरेलले भने-चुनावको बेला मैले के बोलें भन्ने बिर्सिसके, तपाईहरुले पनि विर्सिनुस! 1

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बैठकलाई आज सम्बोधन गर्दै चालु अधिवेशनबाट सहमतिमा प्रदेश राजधानीको टुंगो लगाउने बताउनुभएको छ ।
उहाँले तीनवटा आञ्चलिक मनोविज्ञानका आधारमा प्रदेश ५ बनेको बताउँदै आग्रहबाट मुक्त भएर आञ्चलिक मनोविज्ञानलाई जोड्ने गरी राजधानीको टुंगो लगाइने बताउनुभयो ।
“चुनावको बेला मैले के बोलें भन्ने बिर्सिसके, तपाईहरुले पनि विर्सिनुस, प्रदेशको साझा मनोविज्ञान तयार गरौं,सहमतिमा राजधानी तोकौं । लुम्बिनीका साथीले राप्ती—भेरीको संवेदनशीलता बुझ्नुपर्छ । राप्ती—भेरीले लुम्बिनीको संवेदनशिलता बुझ्नुपर्छ—प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ।
उहाँले कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरणका लागि भइरहेको तयारीको बारेमा जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमितलाई उपचारको प्रबन्ध, नाकाहरुमा निगरानी, आइसोलेसनको व्यवस्था लगायत पूर्व तयारीका बारेमा भइरहेकाका कामका बारेमा जानकारी दिनुभयो ।
त्यसैगरी उहाँले प्रदेश एक्स्पो गर्नुको उदेश्य, त्यसको प्रभाव, प्रदेश सरकारको काम, बजेट खर्चको अवस्था, कृषि उत्पादन बढाउन भएका प्रयास र त्यसले पारेको प्रभाव लगायतका विषयमा पनि तथ्यगत रुपमा धारणा राख्नुभयो ।

SPONSORED

स्थायी राजधानी बारे मुख्यमन्त्री शंकर पोखरेलले भने-चुनावको बेला मैले के बोलें भन्ने बिर्सिसके, तपाईहरुले पनि विर्सिनुस! 2