लोकतान्त्रिक मगर संघको एकता भेला तथा सपथ कार्यक्रम

लोकतान्त्रिक मगर संघको एकता भेला तथा सपथ कार्यक्रम 1

दाङ, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट लोकतान्त्रिक राष्ट्रिय मोर्चा दाङको एकता भेला तथा सम्मेलन एवं सपथ ग्रहण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । दाङको घोराहीमा रहेको नेपाल मगर संघको सभाहलमा कार्यक्रम भएको हो ।

भेलाको नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले उद्घाटन गर्नुभएको थियो । एकता प्रक्रियाका क्रममा जिल्लामा मगर मोर्चाको प्रथम भेला भएको हो । मोर्चाका जिल्ला संयोजक प्रेम बाठा मगरको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतित्यता एवं मोर्चाका केन्द्रीय अध्यक्ष भोजबिक्रम बुढा मगरको बिशिष्ट आतिथ्यतामा भेला भएको हो ।

SPONSORED

लोकतान्त्रिक मगर संघको एकता भेला तथा सपथ कार्यक्रम 3

भेलामा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ खुवाइएको थियो । केन्द्रीय सदस्य आचार्यले सपथ खुवाउनुभएको हो । मोर्चा जिल्ला सह संयोजक हेमराज पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मोर्चाका जिल्ला सचिब रामकुमार घर्ती मगरले गर्नुभएको थियो ।

SPONSORED

लोकतान्त्रिक मगर संघको एकता भेला तथा सपथ कार्यक्रम 4

भेलामा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का, सचिब सुबास पुन, मोर्चाका प्रदेश ईञ्चार्ज लिला राना मगर, प्रदेश संयोजक धनबहादुर पुन मगर, सह ईञ्चार्ज भिमकुमारी बुढा मगर, जिल्ला ईञ्चार्ज ईश्वर बुढा मगरले बोल्नुभएको थियो ।

SPONSORED

लोकतान्त्रिक मगर संघको एकता भेला तथा सपथ कार्यक्रम 5