नाम र राजधानि तोक्न गठिन संसदीय विशेष समितिले प्रस्ताव तयार पार्दासम्म ५० लाखभन्दा बढी खर्च

नाम र राजधानि तोक्न गठिन संसदीय विशेष समितिले प्रस्ताव तयार पार्दासम्म ५० लाखभन्दा बढी खर्च 1
विकाश पराजुली

बुटवल,

प्रदेश ५ को राजधानी को नाम र राजधानी सिफारिश गर्न गठित समितिले प्रदेशको नाम र राजधानीका बारेमा अन्तिम प्रतिवेदन तयार गरेको छ । प्रदेश ५ को संसदबाट २०७५ को साउनमा नाम र राजधानी सिफारिश गर्न समिति बनेको थियो । प्रदेश ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिले ३ महिनाभित्र नाम र स्थायी राजधानी सिफारिशसहितको प्रतिवेदन पेस गर्ने समयसीमा तोकेको थियो ।

SPONSORED

नाम र राजधानि तोक्न गठिन संसदीय विशेष समितिले प्रस्ताव तयार पार्दासम्म ५० लाखभन्दा बढी खर्च 4

पछिल्लो पटक ३० जेठमा ६ महिना समय थप गरिएको थियो । समितिको अन्तिम म्याद सकिनै लाग्दा समितिले प्रदेशको नाम र राजाधानीका लागि प्रस्ताव तयार गरेको हो ।

SPONSORED

नाम र राजधानि तोक्न गठिन संसदीय विशेष समितिले प्रस्ताव तयार पार्दासम्म ५० लाखभन्दा बढी खर्च 5

भारतको हरियाणा र पन्जावको राजधानी भ्रमण गरेर आएपछि समितिले प्रतिवेदनलाई अन्तिम रूप दिइएको समितिका एक सदस्यले जानकारी दिए । समितिले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी रूपन्देहीको बुटवल, सैनामैना, कपिलवस्तुको बाणगंगा, बुद्धभुमी तथा दाङको भालुवाङ, लमहीलाई प्रस्ताव गरेको एक सदस्यले जानकारी दिए ।

संसदीय विशेष समितिका सदस्यका अनुसार प्रदेशको राजधानी भने मध्यमार्गी बाटो अपनाउँदै तोकिएको छ । यद्यपि समितिले गरेको सिफारिशलाई प्रदेशसभाको बैठकको दुईतिहाइले पारित गर्नुपर्ने प्रावधान छ ।

प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल र नेकपा महासचिव विष्णु पौडेल दुवैले निर्वाचनमा दाङ र बुटवल राजधानी बनाउने बताएपछि समितिले पनि मध्यमार्गी विकल्प निकालेको हो । यस्तो अवस्थामा पोखरेल र पौडेलको राजनीतिक भविष्य स्थिर हुने अपेक्षा समितिकै कतिपय नेताले गरेका छन् । यो समितिले नाम र राजधानीका लागि प्रस्ताव तयार पार्दासम्म ५० लाखभन्दा बढी खर्चसमेत गरेका छन् ।