सरस्वती मावि घोराहीको विब्यसमा भागवन्डा, अध्यक्षमा काग्रेसले नेकपालाई दियोे

सरस्वती मावि घोराहीको विब्यसमा भागवन्डा, अध्यक्षमा काग्रेसले नेकपालाई दियोे 1

 अध्यक्षसहीत २ जना सदस्य नेकपालाई, काग्रेसलाई ३ जना सदस्य

घोराही, मंसिर २९ । सरस्वती माध्यामिक विद्यालय घोराही–१५ काठेकोहलको विद्यालय व्यवस्थापन समिति गठन गरीएको छ । अध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् ।

आईतवार सम्पन्न अभिभावक भेला नयाँ नेतृत्व चयन गरेको हो । जसको सदस्यहरुमा काग्रेसवाट सुुदिप गौतम, तिलक रावत, सुलोचन प्रधान र नेकपावाट विष्णु कालाथोकी,  पुुष्पा पाण्डे रहेका छन् । विद्यालय ब्यवस्थापन समितिको नयाँ नेतृत्वमा काग्रेस र नेकपाले भागवण्डा गरेका छन् । भागवण्डा गर्नेक्रममा विब्यस अध्यक्षसहीत २ जना सदस्य नेकपालाई र तिन विब्यस सदस्य काग्रेसलाई परेको छ ।
अभिभावक भेला शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धिप्रकाश पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका प्रमुुख भरत अर्यालको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको थियो ।नयाँ नेतृत्वमा चयन भएका सबैको आफ्नै छोराछोरी त्यो स्कुलमा पढ्दैनन् ।

SPONSORED

सरस्वती मावि घोराहीको विब्यसमा भागवन्डा, अध्यक्षमा काग्रेसले नेकपालाई दियोे 2

SPONSORED

सरस्वती मावि घोराहीको विब्यसमा भागवन्डा, अध्यक्षमा काग्रेसले नेकपालाई दियोे 3