२६ – मंसिर / दाङको घोराहीबाट प्रकाशित हुने एक मात्र थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक १२ औं वर्षमा प्रवेश गरेको छ । उक्त पत्रिकाले एक समारोहका बिच ११ औं वर्षिक उत्सव मनाएको हो ।

पत्रिकाका प्रधान सम्पादक केवि चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख सिता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले थारु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय भएता पनि त्यसलाई लागू गर्न आवश्यक रहेको बताईन ।

SPONSORED

लौव अग्रासनले ११ औँ बार्षिक उत्सव मनायो 2

उनले अग्रासन पत्रिकाले थारु भाषा, संस्कृतिलाई जगेर्ना गरेको बताईन । उनले घोराही उपमहानगरपालिकाले भूइँह्यार थानको जगेर्ना गर्ने उद्देश्यले घोराही उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा भूइँह्यार थान निर्माण गरेको बताईन त्यस्तै उपमहानगरले बड्का नाचको वृत्तचित्र बनाउन लागेको जानकारी दिईन । थारु भाषाको पत्रिकामा थारु भाषालाई मात्रै नभएर थारुको पहिचान झल्काउने थारु समुदायले प्रयोग गर्दै आएका सामग्रीहरुको फोटो समेत समावेश गर्न आग्रह गरिन । आफुले पत्रिकामा साँचो, खोजमुलक समाचार, सूचना प्रकाशन गरोस् भन्ने अपेक्षा रहेको बताईन ।

SPONSORED

लौव अग्रासनले ११ औँ बार्षिक उत्सव मनायो 3

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा संयोजक देवराज विश्वकर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार सुदिप गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, थारु कल्याणकारीणी सभाका सचिव प्रकाश चौधरी, फोनिज दाङका अध्यक्ष प्रेम बहादुर राम्जा, थारु अगुवा तेजमान चौधरी, शरद अधिकारी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लौव अग्रासन पत्रिकाको स्तम्भकार हिमलाल चौधरीलाई सम्मान गरिएको थियो भने पत्रकार महेश रिजाललाई ५ हजार उपचारार्थ सहयोग गरेको थियो । लौव अग्रासनका समाचार दाता सावि थारुले स्वागत गरेको कार्यक्रमको सहजीकरण पत्रिकाका प्रकाशक सम्पादक सन्तोष दहितले गरेका थिए ।

SPONSORED

लौव अग्रासनले ११ औँ बार्षिक उत्सव मनायो 4