नेकपा सचेतक शान्ता चौधरीको घरमा चोरी

नेकपा सचेतक शान्ता चौधरीको घरमा चोरी 1

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ। घोराही उपमहानगरपालिका–४ मा रहेको घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेर चोरी गरेको छ।

सोमबार सचेतक चौधरीका आफन्तहरू घरमा गएको समयमा गेटको ताला फोडिएको देखेपछि भित्र पस्दा घर भित्र रहेका दराजको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेका थिए।

SPONSORED

नेकपा सचेतक शान्ता चौधरीको घरमा चोरी 2

लगत्तै सचेतक चौधरीका आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए। चुनावको मतगणना सकिलगत्तै एक साता अघि काठमाडौं गएको हुदाँ घरमा कोही थिएनन्। नेता चौधरी अहिले घर नभएको हुदाँ के-के सरसामान घरमा थिए र के-कस्ता वस्तु चोरी भए भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका छन्। यस्तै घरमा कहिले चोर पसेको हो भन्ने बारेमा पनि जानकारी आउन नसकेको प्रहरीले जनाएको छ। यता, चौधरीले आफ्नो घरमा भएको तोडफोडप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकि छिन् । उनले यो कार्यमा संलग्न दोषिहरुलाई कडाभन्दा कडा कारवाही गर्न मागसमेत गरेकि छिन् ।

SPONSORED

नेकपा सचेतक शान्ता चौधरीको घरमा चोरी 3

SPONSORED

नेकपा सचेतक शान्ता चौधरीको घरमा चोरी 4