घाेराही, ५ बैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिदेश जतिकै पसिना स्वदेशमा बगाए त्यसकाे दोब्बर आम्दानी गर्न सकिने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का प्रदेश सदस्य लक्ष्मण आचार्यकी आमा पुस्करादेवी आचार्यको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
धेरै खाले कामका नेपालमै श्रमिक नपाउँदा भारतलगायत अन्य देशबाट कामदार ल्याउनु परेको बताउँदै उहाँले सीपमा दक्ष बन्न युवाहरुले ध्यान दिनुपर्ने बताउनु भयो । यसमा सरकारले पनि चासो देखाएको उहाँको भनाई थियाे ।
SPONSORED
बेरोजगार बसेकाहरुलाई रोजगार दिने र रोजगार दिन नसके एकसय दिन मध्ये ५० दिन बराबरको भत्ता दिने ब्यबस्था गरेको उनले बताए । यसले स्वरोजगार सिर्जना गर्न मद्दत गर्ने उनको तर्क थियो ।
SPONSORED
यस्तै, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) दाङको आयोजनामा भएको तुलसीपुर १२ मा भएकाे श्रद्धाञ्जली सभामा मुख्यमन्त्री पोखरेलले कुनै पनि ब्यक्ति सफल बन्न त्यसको पछाडी आमा–बुवाको ठूलो हात हुने समेत बताउनु भयाे । उहाँले जीवनमा कोही ब्यक्ति पनि अजम्बरी नहुँने तर उसले गरेको योग्दान नै अजम्बरी हुने भन्दै समाजमा सकारात्मक काम गरेर देखाउनुपर्ने समेत धारणा राख्नुभयाे । आचार्यको ८१ बर्षको उमेरमा चैत २३ गते निधन भएको थियाे।
SPONSORED