दाङ, जेठ १६ । घोराही उपमहानगर शिक्षा समितीले आगामी नीति तथा कार्यक्रमबाट उपमहानगर अन्तर्गतका सामुदायिक बिद्यालयमा स्वयम सेबक शिक्षकको ब्यबस्थापन गर्ने भएको छ।
नगर शिक्षा समितीका संयोजक तथा मेयर नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले बिषयगत शिक्षकको अभाबमा पढ्न नपाएका बिद्यार्थीलाई स्वयम सेबक शिक्षकको ब्यबस्थापन गरेर अध्ययन गर्ने ब्यबस्था मिलाउने निर्णय गरेको छ ।
SPONSORED
केहि सामुदायिक बिद्यालयले स्वयम सेबक शिक्षककोरुपमा कार्यक्रम अघि सारेका छन । उपमहानगरको नितिले थप सहज हुने अपेक्षा गरिएको छ । उपमहानगरका प्रबक्ता तथा सामाजिक बिकास समिती संयोजक राममणि पाण्डेले शिक्षा नितिमा नै यस प्रकारको कार्यक्रम तर्जुमा गर्ने कुरा भएको र शिक्षा नीति पनि छिट्टेै ल्याइने बताए ।
SPONSORED
SPONSORED