SPONSORED
SPONSORED
राममणि पाण्डे
SPONSORED
घोराही उपमहानगर प्रबक्ता तथा शिक्षा समिती संयोजक
तपाईलाई अन्तरबार्तामा स्वागत छ !
धन्यवाद छ। तपाई लगायत यो अनलाईन परिवारलाई । मलाई हाम्रा शिक्षा नितिका कुरा सुनाउने अवसर दिनु भएकोमा बिशेष आभार प्रकट गर्दछु ।
तपाईले शिक्षा समितिको प्रमुख भएपछि घोराहीको शैक्षिक सुधारमा के-कस्ता अभियान चलाई रहनु भएको छ नि ?
म शिक्षा समितीको संयोजक भएर आएपछि तपाइले भनेजस्तै केही सुधार भएका छन् । शिक्षा क्षेत्रमा आमूल परिबर्तनका लागि प्रयासहरु सुरु भएका छन । नयाँ शैक्षिक शत्र सुरु हुनु पुर्ब नै नगर भित्र शिक्षक दरबन्दि मिलान गर्न सफल भयौ । उपमहानगर विरुद्ध केही शिक्षकहरु अदालत पनि जानु भएको छ । यसलाई पनि हामी नजिकबाट हेरि रहेका छौ । खासगरि बिद्यार्थी नभएका बिद्यालयबाट दरबन्दि कटाैती गरेर बिद्यार्थी संख्या भएका सामुदायिक बिद्यालयमा दरबन्दि थपिनु राम्रै कुरा हो जस्तो लाग्छ । न्यायपालीकाले कार्यपालिका चलाउने काम भएको छ । हामी नीति नियममै टेकेर दरबन्दि मिलान गरेका हौ । यसमा कसैप्रती कुनै आग्रह पुर्बाग्रह राखीएको छैन । तर, दरबन्दि मिलानपछिको अबस्थामा कसरी जाने भनेर छलफल गरेर नै टुङ्ग्याउछौ । केही सामुदायिक बिद्यालयका बिब्यस अध्यक्षहरु आफै नै खटेर सुधार अभियानमा लागि रहनु भएको छ । यो त खुसिको कुरा हो । यसका लागि म ब्यक्तिगत र उपमहानगरको तर्फबाट धन्यवाद दिन चाहन्छु । त्यस्तै हामिले अनुगमन समिती नै बनाएर अहिले दिवा खाजा ब्यबस्थापनमा लागेका छौ । अनुगमन समितिको प्रतिबेदन आउनासाथ यसलाई कार्यान्वयनमा लैजान्छौ । त्यसैले केही कामहरु राम्रा भएका छन । काम नगर्ने र जागिरे मानसिकताका शिक्षकहरु जिम्मेवारीमा मात्रै बस्ने कुरा हुँदैन । अब सामुदायिक बिद्यालय जाग्नै पर्छ । यो सबैको मिसन नै बन्नुपर्छ ।
सामुदायिक बिद्यालयप्रती बिश्वास नै छैन, किन होला ?
यो प्रश्नका लागि धन्यवाद दिन चाहन्छु । यो गम्भिर र जायज प्रश्न नै हो । किनभने हाम्रा सामुदायिक बिद्यालयमा पढाइ नै हुँदैन भन्ने शन्देश आम समुदायमा ब्यापक नै छ । यो मानसिकताका बिचमा केही बिद्यालयले असाध्यै राम्रो पनि काम जारी राखेका छन । अग्रेजि मिडियम सुरु गरेर बिद्यार्थी संख्या बढाइरहेकै छन । अब सामुदायिक बिद्यालयको मुहार फेर्ने गरि काम गर्न जरुरी छ । सामुदायिक बिद्यालयमा राजनीति मात्रै भयो । पढाइ भएन भन्ने छ । यो कुरालाई चिर्न र बिश्वास जगाउन पनि बिद्यालयकै गतिबिधिले प्रष्ट पार्ने हो । जे गरेरबिश्वास आर्जन गर्न सकिन्छ त्यता तिर लागौ न ।
अब दरबन्दि मिलान कसरि गर्दा राम्रो हुन्छ ?
हामी अब दरबन्दि मिलान बिद्यालय ब्यबस्थापन समितीकै सिफारिसमा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौ । बिद्यालय ब्यबस्थापन समितिलाई बलियो बनाउदै पढाइलाई थप ब्यबस्थित गर्ने गरि दरबन्दि मिलान गर्न जरुरी ठानेका छौ । शिक्षक संघ संगठनका नाममा कसैले राजनीति नगरेर बिद्यालय राम्रो गराउनेमा प्रतीष्पर्धा हुनुपर्थ्यो । खै त्यो त छैन हामीकहाँ । बिद्यालय ब्यबस्थापन समितिकै सिफारिसमा दरबन्दि मिलान भयो भने बिद्यालयको शिक्षा सुधारमा शिक्षकको प्रतीबद्धता बढ्ने छ । बिब्यसले हामिलाई दरबन्दि चाहिदैन भनेपछि त्यहा दरबन्दि राखीरहनु पर्ने जरुरि छैन ।
अन्त्यमा केही भन्नु छ कि ?
हाम्रा सोच, नीति राख्न दिएकोमा धन्यवाद फेरि पनि । हाम्रो कार्यकालमा शिक्षामा सुधार हुन्छ । त्यसमा ढुक्क रहनुहोस । कस्ले के भन्छ भन्दा हामी काम गरेर सुधारको गति समात्न चाहन्छौ । यसमा सबैको सहयोग हुन्छ भन्ने मैले बिश्वास लिएको छु ।