दाङ । घोराही उपमहानगर अन्तरगतका सामुदायिक बिद्यालयमा दिवाखाजा कार्यक्रमलाई ब्यबस्थित गर्न उपमहानगर शिक्षा बिकास समितीले अनुगमनलाई तिब्रता दिएको छ ।
सामुदायिक बिद्यालयमा भर्ना भएका तर, नियमित उपस्थित नहुने बिद्यार्थीको नाममा पनि खाजा खुवाएको भनि बिल पेश हुने गरेको जन गुनासो आएपछि नयाँ शैक्षिक शत्र सुरु हुनेक्रममा अनुगमन सुरु गरिएको शिक्षा समितिका संयोजक तथा घोराही उपमहानगरका प्रबक्ता राममणि पाण्डेले बताए ।
SPONSORED
पाण्डेकै अगुवाई तथा निर्देशनमा दिवा खाजा कार्यक्रमलाई थप ब्यबस्थित गर्दै नियमीत रुटिन अनुसार बालबालिकालाई बिद्यालयले खाजा उपलब्ध गराए-नगराएको बारेमा अनुगमन गरेर स्थलगत प्रतिबेदन तयार गरेर दिन यो अनुगमन सुरु गरिएको उपमहानगरका शिक्षा शाखा प्रमुख नारायण पौडेलले बताए ।
SPONSORED
शिक्षा समितिका संयोजक पाण्डेले यो निरन्तर चल्ने र तिनवटा अनुगमन समिती बनाएर घोराहीका बिद्यालयमा पठाईएको बताए । उनले अनुगमन समितिले ल्याउने प्रतिबेदनका आधारमा खाजा कार्यक्रमलाई प्रभाबकारी बनाउदै बिद्यार्थी संख्यालाई मध्यनजर गर्दै बृद्धि गर्न थप जोड दिइने जनाए । पाण्डेका अनुसार उप प्रमुख हुमा डिसिको नेतृत्वमा र उपमहानगरका कार्यकारी अधिकृतसहित शिक्षा महाशाखा प्रमुख बिनोद गौतमको टाेलिले अनुगमन आजदेखि सुरु गरेको हो । शिक्षा समितिका संयोजक पाण्डे आफै पनि नेतृत्व गरेर अनुगमन टिम परिचालन गरेका छन ।
SPONSORED
यसैक्रममा उपमहानगरका शिक्षा शाखा प्रमुख नारायण पौडेलको नेतृत्वमा पुगेको अनुगमन टाेलिले बिहिबार घोराही १४ र १५ मा रहेका सामुदायिक बिद्यालयको अनुगमन गरेको छ ।
घोराहीको सरस्वती माबी काठेकोहलबाट सुरु भएको अनुगमन टाेलि घोराही १४ स्थित बाल बिकास माबीदेखि शुभ प्रभात माबी, मदरसा आधारभुत बिद्यालय हुँदै बाल मन्दिरमा पुगेर टुङ्गिएको थियो । अनुगमनकाक्रममा सरस्वती माबी काठेकोहलमा अग्रेजि माध्यममा कम र नेपाली मिडियममा बिद्यार्थी धेरै देखीएको शाखा प्रमुख पौडेलले बताए । उनले उच्च माबीको परिक्षा केन्द्र भएकाले स्कुलमा ३ बजेपछि मात्रै खाजा खुवाउने गरेको बिद्यालयका प्रधानाध्यापकले बताएको उल्लेख गरे ।
यसैगरेर बाल बिकास माबीमा अनुगमन टाेलि पुग्दा खाजा रुटिन अनुसार नखुवाएको पाईएको थियो । चना र खिर खुवाउने रुटिनमा भएपनि मकैको फुला मात्रै खुवाउने तयारी थियो । रुटिन अनुसार नभएपछि शिक्षा शाखा प्रमुख पौडेलले चनामा किरा भेटिएको भन्दै बिद्यार्थिले गुनासो गरेको पनि बताउदै रुटिन अनुसार ताजा र गुणस्तर खाजा नखुवाए खाजा कार्यक्रमको रकम भुक्तानी नहुने भनेर विद्यालयका प्रअ र क्यान्टेन सन्चालकलाई ध्यानाकर्षण गराए ।
प्रअ र क्यान्टेन सन्चालकले सुुुधार गर्ने प्रतीबद्धता जनाए । विद्यार्थी संख्या राम्रो रहेकोमा प्रअलाई शााखा प्रमुुुख पौडेलले धन्यबाद दिए । त्यस्तै शुभप्रभात माबिमा पनि रुटिन अनुसार खाजा खुवाएको र विद्यार्थी संख्या बढाएकोमा प्रअ रुद्र बुढालाई पनि उनले धन्यबाद दिदै रुटिन अनुसारको खाजा देेेेेेखिने गरि टास्न सुुझाब दिए । यसैगरेर मदरसा आधारभुत विद्यालयमा पनि विद्यार्थी संख्या बढेकोमा र रुटिन अनुसार खाजा खुवाएकोमा उपमहानगरको अनुगमन टाेलिले प्रसंसा गरेको थियो ।
त्यस्तै बाल मन्दिर विद्यालयमा रुटिन अनुसार दहि चिउरा खाजा खुवाएको अनुगमनकाक्रमा भेटिएको थियो । अनुगमन टाेलिमा प्राबिधिक सहायक सीता शर्मा, पद्मोदयकि प्राबी शिक्षक कमला भुसाल र पत्रकार निशानदाजु भट्टराईको उपस्थिती रहेको थियो ।